Powered by Blogger.
सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम 2 seconds ago

पुस १० गते बिहीवार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ ।
सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।
जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरित फलको भय समेत हुनेछ । यस पटकको सुर्यग्रहण नेपाल, भारत लगायतका एसियन देश सहित यूरोप, अस्ट्रेलिया, पूर्वी अफ्रीकामा देख्न सकिनेछ ।
ग्रहणलाई धार्मिक र वैज्ञानिक रूपबाट अशुभ मानिन्छ । विज्ञानले सूर्य ग्रहणलाई नांगो आखाँले हेर्न बर्जित गरीएको छ भने धार्मिक दृष्टिमा पनि ग्रहणकालमा केहि कामहरु गर्न बर्जित गरीएको छ । ग्रहणका बेला गर्न नहुने कार्य र गर्नुपर्ने कार्यका बारेमा केहि जानकारी दिदैंछौ :
सूर्य ग्रहणको सूतक काल
ग्रहणको सुतक समय पुस ९ गते साझँ ५ बजेर ४८ मिनेटबाट शुरू भई पुस १० गते बिहान ११ बजेर ३१ मिनेटमा सूर्य ग्रहण समाप्त भएपछि मात्र सकिनेछ ।
सूतक बार्नु पर्ने कारण
ग्रहण लागेको बेला सूतकको बिषेश महत्व हुन्छ । हिन्दु धर्म अनुसार ग्रहणको सूतक काल शुरु भएपछि कुनै पनि कार्य गर्नुहुदैन । यस अवधिमा कुनै पनि शुभकार्य गर्न बर्जित गरिएको छ । सूतक काललाई अशुभ समय मानिन्छ ।
ग्रहण लागेको बेला गर्न नहुने कार्य
१. ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।
२. ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।
३. ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।
४. ग्रहण अवधिभरी कुनै पनि देवि देवताको मुर्ति, तुलसि, शालिग्रामलाई छुनु हुदैन ।
५. ग्रहणको अवधिभरी बिरामि र अशक्त बाहेकले सुत्नुहुदैन ।
६. ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।
७. ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नुहुदैन ।
८. ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।
९. ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष्ँ आ“खाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।
१०. ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।
११. ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।
१२. ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।


ग्रहण लागेको बेला के गर्ने ?
१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
३. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
४. ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
५. ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ 
  1.  copy by nepal insider


0 comments

Write Down Your Responses