Powered by Blogger.
भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ दशरथ रंगशालामा

काठमाडौं– भ्रमण वर्ष २०२० को उद्घाटन समारोह दशरथ रंगशालामा हुने भएको छ।



सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ मा भव्य समारोहबीच गर्ने तयारी गरेको छ। रंगशालामा दिउँसो ३ बजेबाट कार्यक्रम सुरु हुने छ। त्यस्तै सबै प्रदेशका राजधानीमा समेत विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात हुने छ।

त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले विभिन्न निकायसंग छलफल समेत तीव्र बनाएको छ। आज बुधबार मन्त्री सहितको टोलीले महानगरका जनप्रतिनिधिसंग छलफल गरेको छ।

छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलाई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यकाका भएकाले पनि नगरपालिकाहरुको ध्यान जानुपर्ने बताए।

त्यसका लागि नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सुचिमा परेका क्षेत्रलाई जोडने गरी साइकल लेन निर्माण गर्ने, सहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा ‘भ्याली बाई नाइट’को अवधारणालाई विकास गर्नुपर्ने बताए।

मन्त्री भट्टराईले २०२०लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्नुपनि रहेको बताए।

छलफलमा नगरपालिकाका प्रमुखहरुले आफ्नो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्नका लागि गरेका विकासहरुको विषयमा जानकारी गराएका छन्। काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य मुख्य पर्यटकीय शहरहरुमा गई प्रचार प्रसार गर्नुपर्ने बताए।

उनले २०२०मा नेपाल भ्रमण गर्न आउँदा २०१९ मा भन्दा पर्यटकले के फरक पाउँछन त्यसको विषयमा पनि स्पस्ट हुनुपर्ने बताए।

ललितपुर माहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको पर्यटकीय सहरमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले ध्यान दिएको बताए। त्यसका लागि सहरको सुन्दरता निर्माण तथा ऐतिहासिक सम्पदाहरुको तस्बिर विभिन्न ठाउँमा राख्न लागेको जानकारी दिए।

copy by nagarik news


0 comments

Write Down Your Responses