Powered by Blogger.
५५ लाख बराबरका एप्पलका फोन र आइप्याड बरामद

महानगरीय प्रहरी वृत्त स्वयम्भूले भन्सार छलेर ल्याएका करिब ५५ लाख रुपैयाँ बराबर फोन र आइप्याडसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले बुधबार राति काठमाडौं महानगरपालिका-२५ टंगालबाट गुहेश्वरी बस्ने २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
टंगालस्थित हरिबहादुर श्रेष्ठको घर खानतलासी २३ थान आइप्याड, १८ वटा आइफोन-११ थान, एप्पल वाच ९ थान, एयरफोन ६ थान, एप्पल पेन्सिल १ थान, म्याजिक १ थान, सामसङ मोबाइल १५ थान, क्यामरा १ थान बरामद भएको छ।
श्रेष्ठको घरका दुई वटा कोठाबाट नगद १५ लाख ७७ हजार, एमएमबी बैंकको ५ लाख ७३ हजारको चेक बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद भएका सामानहरूबारे बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
copy by setopati.com


0 comments

Write Down Your Responses