Powered by Blogger.
मरिण गाउँपालीका २ मा डिप बोरिङ मार्फत पानी, स्थानीय हर्षित


सिन्धुली, २ माघ । मरिण गाउँपालिका वडा नं.२ सखौरीमा डिप बोरिङ्ग मार्फत पानीको ब्यवस्था भएपछि वडावासीहरु हर्षित भएका छन । 
मरिण गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को बजेट मार्फत स्थानीयबासीहरुको लागी खानेपानी तथा सिचाईको लागी पानीको ब्यवस्था भएपछि स्थानीयहरु हर्षित भएका हुन । डिप बोरिङ्ग मार्फत पानीको ब्यवस्था भएपछि वडा नं.२ का झण्डै एकसय घरधुरी लाभान्वीत हुने छन भने झण्डै ५० विघा जमिन सिचाईको ब्यवस्था हुने स्थानीयबासी तथा उपभोक्ता समितिका अध्यक्ष रमेश बहादुर पुलामीले बताउनुभयो । 
यस वर्ष मरिण गाउँपालीका वडा नं.२ मा पहिलो डिप बोरिङ्ग मार्फत पानीको ब्यवस्था गरिएको र संभावना भएका स्थानमा डिप बोरिङ्ग मार्फत पानीको ब्यवस्था गरि स्थानीय जनताको खानेपानी तथा सिचाईको समस्या समाधान गर्दै लगीने वडा अध्यक्ष चन्द्रनाथ गौतमले बताउनुभयो । 
कुल झण्डै ४ हजार जनसंख्या रहेको उक्त वडामा वडा अध्यक्ष गौतमले यस बर्ष शिक्षा, स्वास्थ्य, खानेपानी सडक, कृषि लगायत विभिन्न योजनामा झण्डै ३ करोड बजेट खर्च हुने बताउनुभयो । 



, ,

0 comments

Write Down Your Responses