Powered by Blogger.
दुधौली नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता सुरु

बुद्ध नेपाली,सिन्धुली, २ फागुन । सिन्धुलीको दुधौली नगरपालिकामा शुक्रवार देखि नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता सुरु भएको छ । नगरपालिकाका प्रमुख घनश्याम राउतको अध्यक्षतामा आयोजित एक समारोहका विच सिन्धुली क्षेत्र नं. १ का प्रतितिनिधिसभा सदस्य गणेश पहाडीले प्रतियोगीताको उद्घाटन गर्नुभएको हो । 

दुधौली नगरपालिकाको आयोजना, वडा नं.४ कार्यालय र सरस्वती मा.वि डकाहाको सहआयोजनामा सुरु भएको प्रतियोगीतामा छात्र, छात्रा दुवैको सटपुट , सय मिटर रिले दौड, हाईजम्प, लङजम्प, कबड्डी, ज्याभलिङ थ्रो, शटफुट, एल्लेटिक्स तर्फका खेलहरु, १ सय देखि ३ हजार मिटर सम्मका दौड, भलिबल, लगायतका प्रतियोगिता हुने दुधौली नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले जानकारी दिनुभयो ।
प्रतियोगीतामा दुधौली नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी २४ वटा मा.वि तहका विद्यालयहरुको सहभागीता रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य गणेश पहाडीले खेल जगतले मात्रै देशलाई अन्तराष्ट्रिय क्षेत्रमा सवैभन्दा छिटो चिनाउन सकिने भएकाले विद्यार्थीले पढाईसँगै खेलकुदलाई पनि अगाडी बढाउनुपर्ने बताउनुभयो । 

उहाँले दुधौलीको खेल क्षेत्रको विकासमा सधै लागी रहने बताउनुभयो । उहाँले दुधौलीमा व्यवस्थित खेल मैदानको आवश्यकता रहेको भन्दै व्यवस्थित खेल मैदान निर्माणमा सबैजुट्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल राजनले विद्यार्थीहरुले कितावी ज्ञानले मात्रै नपुग्ने भएकाले खेलकुदलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । अर्का बागमती प्रदेशसभा सदस्य प्रदिप कटुवालले खेलकुदको विकासमा प्रदेश सरकारको तर्फबाट सकेको सहयोग ल्याउन पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा वडा नं. १,२ र ४ का वडाअध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । 

प्रतियोगीताको उद्घाटनमा सवै खेलहरु सुरु भएपनि कराते बाहेक अरु खेलहरुको फाईनल खेल भएका छैनन् । आज भएको कराते प्रतियोगीतामा छात्र तर्फ ४२ केजीमा सरस्वती मा.वि डकाहाका अमित कार्की, ५२ केजीमा प्रदिप घिसिङ, छात्रा तर्फ ४० केजीमा सरस्वाती माविकै तुन कुमारी बुढाथोकी, ४५ केजीमा अनिसा धामी दनुवार प्रथम भएका छन् । ४७ केजीमा मावि लदाभिरका अजय सुनुवार र ५० केजीमा कमला ईग्लिस बोर्डिङ स्कुलका मुना तामाङ प्रथम हुनुभएको छ ।


, ,

0 comments

Write Down Your Responses