Powered by Blogger.
स्मृतिमा दशवर्षे जनयुद्ध- पुर्व मन्त्री गोपी आछामी

२०५१ सालको दशै र तिहारपछि जनयुद्धको तयारीका लागि राजनीति जनचेतना विस्तार गर्ने उदेश्यले सिन्धुलि जिल्लामा पन्चायति शासन ब्यवस्थामा सिन्धुलिमा मारिनुभयका माहान शहिदहरुकाे नाममा अादुरस ( ऋषि देवकाेटा अाजाद,दुर्गा सुवेदी,दलवहाहुर रजनमगर)अभियान चलिरहेको थियोे म काठमाडौं वाट कलेज छुट्टीमा घरअायकाेले पार्टीले चलायकाे याे अभियानमा सामेल भय ।सास्कृतिक अभियानको समापन पछि गुरिल्ला तालिममा मलाई पनि सामेल गराउने निणयभयकाे रहेछ तर मलाई खवर ढिला अायकाे र समयवितिसकेकाेले यसमा सामेलहुने अवसरवाट म वन्चित भए, साथीहरू जानुभयो मचै अलि वैचैन जस्तो भय र काठमाडौं गए र पार्टी सम्पकमा पुगे र मेरावारे जानकारी गराय जुनवेला मलाई सगठित गर्नुहुने ईश्वरीप्रसाद दाहाल र तत्कालीन पुर्विब्युराे ईन्चार्ज यानप्रशाद गाैतम अालाेक सगभेट भयपछि पुन सिन्धुलि जिल्ला पार्टीका साथीहरूको सम्पर्कहुदै सिन्धुलिजाने निर्णयमा पुगे । यता सिन्धुली गढिमाथि २०५१ फाल्गुन १ गते हमलाभयाे म याे कार्वाहीमा जान पाईन साथीहरू मिनकुमार दाहाल( शहिद) ले मेरा घरमा खवरपठाउनु भयो म फल्गुण ३ गते साथीहरूकाे सम्पकमा पुगे जुनवेला टाेलि कमान्डर गगा श्रेष्ठ र सहकमाण्डर कमल प्रसाद देवकोटा लगायका कमरेडहरु सगभेटभयाे उहाँलाई सुरक्षिगर्नु,पाेस्टर र पर्चा वितरण गर्नु, वारुदवनाउने सामानहरुकाे जाेहाे गर्नु,वर्गसंघर्षकाे प्ररम्भिक तयारी स्वरुप गाउका जालि फटाहाहरुकाे वालि नस्टगर्नु,उनिहरुकाे घरसेवाेटेज गर्नु,दुस्मनकाे गतिविधिकाे निगरानी गर्नु अादि जिम्मेवारी लिएर म र वुद्दरत्न शाक्य साे काममा लाग्यौं । हामीले पाेस्टर रातमाटा पुलिस चाैकिहुदै वजार र गाउँमा छर्नेकाम गरयाै ,म अादुरस अभियानमा लागेकाेले मलाई जनमाेर्चा भनेर चिनिसकेका थिएँ र पुलिसले मेरा खाेजिसुरु गर्याे तेसपछि म पुर्णरुपमा भुमिगत भए र छापामार दलकाे ६ नम्बर सदस्य भए मेराे कमान्डर रन्जन माझी( उहाँ घाइते हुनुहुन्छ ) सहकमाण्डर टीका श्रेष्ठ (क. सगम उहाँ जनयुद्धमा मारिनु भयो )/यहिवेला मैले सुतलिवम वनाउन पडकाउन र भरुवा बन्दुक चलाउन सिकेकाे थिए । याे मेराे सुरुवाती वेला थियो ।
२.नेतृत्वदायि भुमिकाकाे सुरुवात 
२०५३ देखिम सिन्धुलि जिल्ला पार्टी कमिटी सदस्य र छापामार दल कमान्डरकाे जिम्मेवारीमा अाय मेराे कार्यक्षेत्र सिन्धुलि सदरमुकाम पुर्वतिर भयाे नयाँ भुगाेल नयाँ जिम्मेवारी दुस्मनकाे ईलाका भयकाेले हाम्रो टिमकाेलागि याे जाेखिमपुर्णकाम थियाे हामीले सानाेसानाे टाेलिवनायाै जगल र रातिकाे समयकाे अत्यधिक सदुपयाेग गर्याै हामी सग अादरणिय नेता चित्रनारायण श्रेष्ठ क.भास्कर हुनुहुन्थ्यो (उहाँलाई सर्लाहीवाट वेपत्ता पार्याै उहाँको अवस्था अहिलेपनि अज्ञात नैछ) उहाँले हामीलाई कमिसारिएटकाे भुमिका खेलिरहनु भयकाे थियो याे पुर्विअभियानमा भरुवावन्दुक,वारवाेर बन्दुक,तरवार खुकुरि संङकलन गरि फाैजलाई सुसज्जित गर्नु फाैजमा युवाहरुलाई भर्ति गर्नु,जालितमसुक कब्जामालिनु गरिवहरुलाई ऋणमुक्त गर्नु ,सामन्तहरुकाे अन्डभन्डारवाट अन्नकब्जागरि किसानहरुलाई वितरण गर्नु लगायतकाकामहरु गरिरहेका थियौँ ,जसले किसानहरु युद्धको पक्षमा वढदै थिया सामन्त जालिफटाहाहरु हाम्रो छापामार दस्तासग अात्मासमर्पण गरिरहेका र कतिपय सामन्तहरु गाँउछाडेर सहरतिर लागिरहेका थिय हाम्रो घेराफराकिलाे वनिरहेकाे थियो दुस्मनकाे घेरा खुम्चिदै गयकाे थियाे। म २०५५ कार्तिक १० गते रातमाटा पुलिस चाैकि मिनिरेडकाे क्रममा घाइते भए,म उपचारमा काठमाडौ गयकाे वेलामा मेराे टाेलिका साथिहरु पवन दाहाल,दिपक दाहाल,नवीन तामाङ र मेरे वैनि निर्मला अाछामी र सम्भु थापा २०५५ कार्तिक १७ गते पुलिसघेरामा परे र सवै मारिय यसले म मा पिढा र अाकाेसदुवै भयो म उपचार पछि पुन पार्टीको काममा जुटे म अब वमविषेसज्ञकाे रुपमा काम गर्छु पुन वम र वारुद सग खेल्छु भन्ने सङकल्प गरिरहेकाे थिए म मा वदलाभाव पैदा भईरहेकाे थियाे । तर पार्टीले म घाइते भएकाेले छापामार दलवाट पार्टी सगठनकाे जिम्मेवार दियाे म सिन्घुलिजिल्ला सचिवालय सदस्य र पुर्वि यरिया सेक्रेटरी भए मेराे जिम्मेवारी फेरियाे ।
३. सिन्धुली छाडेपछि पुननयाँ अनुभुति 
जनयुद्ध छापामार अवस्था वाट चलायमान युद्धमा विकास भएको थियाे सिन्धुलि जिल्ला पुर्वकाे वर्ग संङर्षकाे केन्द्र भागमा थियाे दुस्मनकाे भिषण दमनले सयाै साथीहरूकाे वलिदान,गिरफ्तारी र पलायनले हाम्रो अात्मावल कमजाेरहुदै थियाे हामिवाचेकाहरुले सिन्धुली जिल्लाको रक्षा गर्न जनयुद्धको विश्तार नजिकका जिल्लाहरुमा गर्नकाे लागि जरुरिथियाे हाम्रो जिल्ला अाधारकिल्ला हाे यसलाई जाेगाउन हामिहरु सर्लाहि,महाेत्तरि,उदयपुर,मकवानपुर तर्फ वढनु जरुरि थियाे म एकचरण उदउपुर,सर्लाही ,महाेत्तरिलगायतका जिल्लाहरुमा सगठन र संङर्घषकाे सिलसिलामा पुगे र २०५८काे पहिलाे शान्ति वार्ता भङ्ग भयाे र संङकटकाल सुरुभयाे पहिलाे संङकटकालमा म मकवानपुर सेक्रेटरी भयर करिव ८ महिना कामगरे जसवेला देसकै पहिलाे सेनामाथि एम्वुस कार्वाहि सम्पन्नगरि दुस्मनकाे मुभमेन्ट कन्टाेल गरि जनसैन्य भर्तिलाई ब्यवस्थित गरेका थियौ ,२०६९ मा उदयपुर उदयपुरमा पार्टी विस्तार ,सेना निर्माण र प्रतिराेध युद्धका अनुभुतिहरु असाध्यै स्मरणीय रहेकाछन,२०६१ जनसेना हुँदै लडाइमा खेलेका भुमिका मध्ये भाेजपुरकाे घाेडेटार सिराहाकाे वन्दिपुर र थुप्रैपटकका युद्धमाेर्चाहरुवारे वृस्तृत अनुभुति राख्न सकिन्छ ,२०६३ माेरङ जिल्ला सम्मकाे फरक जिम्मेवार लियरकाम गर्दा म चेग्वभेराकाे सङर्घषपुर्ण जिवनवाट असाध्यै प्रभावित हुने गरेकाेछु।
४.फरक जिम्मेवारीमा 
म जनयुद्धमा लाग्दा देशकाेलागि वलिदान गर्ने,भियतनामि याेद्दा न्युगेन भानत्रयकाे जिवनि,दिलभुषण पटनायककाे धन्यवाद ग्यलड महाेदय,चम्किलो राताेतारामा तुङचकाे राेल र अामाउपन्यास पढेर प्रभावित भएर उनिहरु जस्तै वनेर देशकाेलागि केहिगर्छु समाजकाे अग्रगामि परिवर्तनमा साकारात्मक भुमिका खेल्छु यसकालागि अावश्यकपरे जीवन वलिदान दिनपनि पछि पर्दिनभन्ने उदेश्यले लागेको थिए । सासदहुने मन्त्रीहुने याे हामी जनयुद्धमा लाग्नेहरुकाे समझवाहिरकाे कुरा थियाे जसै हामी जनगणतन्त्रवाट एककदम पछाडि र सात राजनीति दल सवैधानिक राजतन्त्रवाट एककदम अगाडि संङघिय लाेकतात्रिक गणतन्त्रमा अायकाेले हाम्रो विचमा १२ वुदे सहमति र सविधानसभा मार्फत गणतन्त्रको कार्यान्वयन ले याे अवसर मिल्याे याे मेरालागि फरक जिम्मेवारि र कामकाे नयाँ अनुभव वन्याे जनयुद्धमा ज्यानजाेखिम शान्तिपूर्ण युद्दमा ईमान जाेखिम याे माेर्चाकाे मेराे सानाे अनुभुति यहि हाे ।
५.हाम्रो उपलब्धि र सिमाकमजाेरिहरु
१० वर्षे जनयुद्धले , नेपाल राष्ट्र ,नेपाली जनता,नेपाली कम्युनिस्ट अान्दोलन ,यसकाे नेतृत्व र विचारलाई विश्वमा स्थापित गर्दै ,वर्गीय उत्पिडनमा परेका किसान मजदुरमा बिद्रोहकाे चेतना जगायाे याे महत्त्वपूर्ण राजनीतिक जागरण हाे ।महिला,दलित,मुस्लिम, जनजातिहरुमा अाफ्नाे अधिकारका लागि लडने साहास पैदागर्याे, राष्ट्रियतावारे जागरण पैदागर्याे,पुरानाे सामन्ती ब्यवस्था अन्त्यगरि सङघिय लाेतान्त्रिक गणतन्त्र स्थापना गर्याे ,समानुपातिक प्रतिनिधित्वकाे सुनिश्चितता ,समावेसि लाेकतन्त्र,धर्मनिरपेक्षता,सामाजिक न्याय जस्ता राजनीति मुद्दालाई स्थापित गर्याे। याेवन्दुक उत्पिडकले मात्रै हाेईन उत्पिडितले पनि उत्पिडककाे विरुद चलाउन सक्छ भन्ने मान्यतालाई स्थापित गर्याै । सेना नभएको जनतासग अाफ्नाे भन्ने केहिपनि हदैन जनतालाई अधिकार सम्पन्न वनाउन जनतावाटै जनसेना निर्माण गर्नु महिला दलित जनजाति मधेसी लगायत सम्पुर्ण उत्पिडनमा परेका जनसमुदायको अाफ्नै सेनाहुनु याे महत्त्वपूर्ण ऐतिहासिक परिघटनाहरु हुन । हामीलेहाम्रो विगत प्रति गर्वगर्ने पर्दछ , ईतिहासकाे सम्मान नगरि वर्तमानलाई न्याय गर्न सकिँदैन । यसकाकेहि सिमा र कमिहरुछन हामीले वाडेका सपनाहरुका चाङ धेरै थिए यसलाई सम्पूर्ण रुपमा विपनामा रुपान्तरण गर्न नसकिएको यथार्थ छदैछ । सहिद परिवार ,वेपत्ता,घाइते याेद्दाहरुका ब्यवस्थापन सग सम्वन्धित समस्याहरुकाे उचित ब्यवस्थापनका अावाजहरु नाजायज छैनन,जनयुद्धमा अाधारक्षेत्रमा सहयोगी भुभिका खेलिरहेका जनसमुदायको भावनाकाे यथाेचित सम्वाेधन नभएको गुनासाेहरु छन ,हामिले महत्त्वपूर्ण उपलब्धि हासिल गरेपनि मुख्यतः समाजवादी गणतन्त्रकाे लक्ष्यमा पुग्नवाकिनै छ सायदहामि अागामि दसक समृद्धि काे दसक वनाउन सफल भयाैभने वाकिदशकहरुमा सम्पुर्ण सफलता चुम्ने सम्भावनाकाे नजिकछाै ।
६. लडाइँका स्मरणीय माेर्चामध्ये मुख्य माेर्चा 
 पुर्विनेपाल जनयुद्धको प्रभावका दृष्टिकोणले पश्चिम नेपालकाे तुलनामा धेरै कमजोर थियाे साहिसेना सगकाे लडाइँको पुर्वकाे पहिलाे माेर्चा अाेखलढुङाकाे रुम्जाटार थियाे पश्चिम नेपालवाट जनसेनाको कम्पनिस्तरकाे फाैज र अत्याधुनिक हतियार सहितकाे हमलाले पनि भाैगाेलिक अवस्था अनुकुल नहुदा, काेअडिनेसन मिलाउन नसक्दा,दुस्मनकाे वलियाे किल्ला वन्दिका कारण सफल भएन ,दाश्राे सेनासगकाे लडाइँमा भाेजपुर रिपिटर टावरमा रहेकाे सेनाकाे टुकडी माथिकब्जा जमाएपछि वल्ल राहात मिलेको थियाे । रणनीतिक प्रत्यक्रमणकाे याेजना अनुसार राजनीतिक र फाैजिहमलकाे रुपमा,गाेलमेच सम्मेलन , सर्वपक्षीय सरकार, सविधानसभा चुनाव र गणतन्त्रमाग र फाैजिरुपमा तीन ,स,सडक,सहर,सदरमुकाम हमला गर्ने ,दुस्मनकाे ढाडमा टेकेर टाउको हान्ने निति अवलम्बन गरेको थियाे । पश्चिम कमान्ड ,मध्यकमाण्डमा प्रतिराेध युद्ध फाैजिकारवाहि र दुस्मनकाे दमन र घेरावन्दि तीब्र थियोे हामीले जनयुद्धलाई सम्पूर्ण रुपमा रक्षा गर्नुपर्ने दवावका विचमा पुर्विकमाण्डले सैन्य हमला गरि दुस्मनकाे ध्यान विकेन्द्रीत गर्नु थियाे । याे उदेश्य पूरा गर्नकाेलागि सिराहाकाे वनन्दिपुर सेनाकाे ब्यारेक कब्जा गर्ने निर्णय अनुसार म १७ अाै वटालियन कमिसारकाे जिम्मेवारीमा साे हमलामा सामेल थिए, ( कमरेड अनन्त,सितलकुमार,वलदेव,कमरेड,हितमान साक्य सुमन, परमाना,कमरेड राजेस ,कमरेड सन्ताेष,कमरेड,विश्व ,लगायत सामेल थिय)रातभरिकाे लडाइँ मैदानिभाग,मजवुदकिल्ला बन्दी र नाईटभिजन हमालले गर्दा लडाइँ जित्न सकिएन, लडाइँ जित्दाभन्दा हार्दा अाफ्नाे फाैजलाई कुसलता पुर्वक फर्काउनु कमान्डरकाे सफलता मानिन्छ । मेराे वटालियनका कमान्डर रक्तिम,सहकमान्डर फ्युजन दुवै र राम्रो कम्पनी र प्लाटुनका साथीहरू मारिनुभयाे फाैज कमन्डर विहिन माउ हरायकाे चल्ला जस्तै साहारविहिन कमान्ड विहिन साथीहरूकाे संयाेजन,घाइतेको सुरक्षा र ब्यवस्थापन सवै जिम्मेवारी अाफ्नै टाउकोमा अाउदा मैले वस्तविक कमन्डरकाे अभाव महसुस गरे तेसैकारण म जहिलेपनि कमान्डर र नेतृत्वको महत्त्व वुझ्छु र उनिहरुलाई अादर गर्दछु हरेक प्रकारका युद्धको माेर्चामा लिडर मुख्य र निर्णायकहुन्छ यसलाई सामान्य रुपमा लिनु हुदैन । भाेजपुकाे घाेडेटार पनि हामीले हारेका थियौं ।
७. मृत्यु अगाडि अाउदाकाे क्षण
मेराे कार्यशैली र युद्ध अनुसासन कमजोर थिएन जसकारण दुस्मनकाे घेरावन्दिमा म कमै परथे मेराे लिडरसिपमा कमगर्ने साथीहरू लाईपनि म फाैजिअनुसासन र भुमिगत कार्यसैलिवारे राम्राे काेचिङ गर्दथिए हमेसा साथीहरू म सग विश्स्त रहन्थे । यता १२ वुदे सहमतिपछि हामिले जनयुद्धलाई जनअान्दाेलनसग फ्युजन गर्नु थियाे राजा ज्ञानेन्द्र शाहाकाे साहिकदम पछि राजनीति दलकाे अान्दाेलन कमजोर हुँदै थियाे तेतिवेला पार्टीले हाम्रो फाैजलाई,सहर,सडक र सदसमुकाम केन्द्रीत गरिरहेकाे थियाे मेराे वटालियनकाे जिम्मा धनुषा, सिराहा र महाेतरिमा परेकाे थियाे हामी ७५ जना साथीहरू सहित धनुषा वेसवनायर सहर अान्दाेलनमा गाउवाट जनता पठाउने,सडक र पुल सेवाेटेज गरि अावगवन र लजिष्टिक सप्लाईलाई अवराेध गर्ने,दुस्मनकाे किल्ला सर्भे गर्ने,अर्वानहरु सहर पसायर हमला गर्ने ,दुस्मनहरुलाई ब्यारेकवाहिर वाेलाउने र एम्वुस कार्वाहि गर्ने काममा हामी जुटिरहेका थियाै । २०६२ -६३ काे अन्दाेलन सहमति हुनु दुईदिन अगाडि धनुषाकाे तारापट्टिमा विहान हामी दुस्मनकाे घेरावन्दिमा पर्याै याे उनिहरुकाे ईन्टेलिजेन्स ग्रुपरहेछ साैच गर्नगएका स्थानीय पार्टीका एकजना हाम्राे साथिलाई पक्राउगरेर हामी वसेकाे सेल्टरकाे ढाेकाअगाडि अाएर माउजर लाेडगर्नु सुरुगरे ,कमिसार कमरेड किश्वरले माउजर ताक्नुभयाै म दुस्मन दुस्मन भनेर कराय,हामिसग Ak47 थियोे हाम्रो तर्फवाट निसाना लगाउन थालेपछि उनिहरु भागे मैलेयता फायरखाेल्न राेके उनिहरुपनि वाचे हामिहरु पनि वाच्याै उनिहरुकाे पछाडि १५० जना फाैज रहेछन हामी १९ जना थियौँ वुद्दिमत्ता पुर्वक उनिहरुकाे घेरामा पर्नवाट जाेगियाै मृत्युको मुखवाट वच्याै । हामिसग भाषाज्ञान,अपरिचित भुगाेल र कलरकाे समस्या थियाे तर धनुषा तारापट्टिवासि जनसमुदायको अघादमाया र हामिप्रतीकाे विश्वासले हामीलाई सुरक्षित गर्नुभयाे ,याे कुरा जिवनमा म कहिल्यै भुल्न सक्दिन जनताको जगलमाहामि सुरक्षित भयाै जनता माहान र ईतिहासका निर्माताहुन भन्नेकुरा यसघटनाले मलाई गहिराेछाप पर्न गयाे ।
८. मृत्यु राेज्ने प्रर्तिसप्रर्धा 
पार्टी स्कुल ,नेतृत्व प्रतिकाे विश्वास मुलत सहि राजनीतिक विचारधारा र कार्यदिशाले वलिदानिभाव पैदा गर्दाे रहेछ मरेर माहान सहिदहुने यी हाम्राअादर्स र सपना थिए ,देश र जनताकालागि वलिदान गर्ने । मैले पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जनयुद्दकैवेला पहिलाेचाेटि २०५५ सालमा भारतकाे सिलगुढिमा भेटे र उहाँको प्रशिक्षण सुने तेसपछि मैले सङकल्पगरे हामिमरेपनि नेतृत्व वच्याेभने क्रान्ति सफलहुन्छ अनि ढुक्कसँग चुनैातिहरुकाे सामना गर्दै काममा जुट्याै,हरेक लडाईका माेर्चाहरुमा पहिलाे एसल्ट Group मा नपरेका साथिहरु कमान्डर सग झगडा गरेर पहिलाे एसल्ट Group मा पारिदिन भन्दथे जुनसाथिहरु पहिलानै मारिन्थे,धेरै घाईतेहुन्थे कमैसाथिहरु सकुसल फर्किएर अाउथे मर्नेहरु कति निर्दाेस र ईमान्दार थिय याे हाम्रो पार्टिकाे अमुल्य निधिहाे यसलाई जाेगाउनेहाे भने हामीले असफलताको ईतिहास लेख्नु पर्ने छैन ।

९. सहिद परिवार संगकाे भेट कतिपिडा दायक 
 सगै स्कुल पढेका साथिहरु पवन,दिपक,मिनकुमार,जया दाहाल,उहाँहरु जनयुद्धमा मारिनु भयो सुरुमा मलाई २०४८ सालमा सेलकमिटिमा सगठित गर्नुहुने मिनकुमार दाहाल र उनकाभाई पवन दाहाल जसले २०४७ सालमा मलाई अखिल वन्न प्रेरित गर्नुभयकाे थियाे हामी सगै एउटै स्कुलमा एउटै क्लासका साथिथियाै जनयुद्धका तयारीकावेला सगै साँस्कृतिक अभियानमा थियाै,कमरेड मिनकुमार दाहाल जेलमा मुटुको विमारि भएर वित्नु भयाे, पवन दाहाल २०५५ कार्तिक १७ गते मारिनु भयाे,कान्छाेभाई देवि दाहाल कमरेड दिपेन्द्र पनि २०५६ मा अान्तरिक दुर्घटना (वमवनाउदा टेक्निकल समस्याकाे कारण) मृत्युु भयो उहाँ हरु एकैपरिवारका तिनभाई छाेराहरु थिए दुईभाईकाे सहादतहुदा अामाकाे मन कमजोर भयकाे अनुभुती थियन उल्टैअामाले हामीलाई डाडस दिनुहुन्थ्याे म शहीदहरुकि अामा भए मेराछाेराहरुले देसकाेलागि रगत वगाय उनिहरुकाे सपनापुरागर्न तिमिछाेराहरु वाँच र लड भन्नू हुन्थ्याे पार्टीप्रतिकाे अामाकाे विश्वास कतिदृढ थियो हाम्रो श्रद्धाले सिरझुक्थ्याे,कठाेर र दृढहुन मैले अामावाट सिके । जब सानाेछाेरा आमाको एकमात्र भराेसाकाे केन्द्र थिय कमरेड दिपेन्द उनी मारिय हामी वसन्त,प्रशान्त र म मध्यवदि चुनाव विथाेल्ने याेजना सहित अामालाई भेटेर दिपेन्द्रकाे खवर सुनाउने भनेर अामाकाे घरअाउदै थियाै हामी पुलिसको फराकिलाे घेरामा पर्याै जगलगएर सुरक्षित भयाै । घामजानु भन्दा अलिअगाडि लुक्दै छिप्दै अामाकाे घरपुग्याै अामाले पुवापकाउनु भयाे माेहि र पुवा दियर हाम्रो भाेक मेटाउनु भयाे अनि कान्छो कताछ छ भनेर साेध्नु भयाे उनकाे मृत्युको खवर सुनाउन नसकेर ठिकै छ अामा मात्र भनेर हिड्याै यसले दिनेपिडा म कहिल्यै भुल्न सक्दिन देश र जनताको मुक्तिको निम्ति लडने तिनभाई छाेरा जन्माउने महान अामा तपाईंको दुखेको घाउमा मलम लगाउन सधैईमान्दार वन्ने काेसिस जारिरहनेछ । उनिहरुले देखेकाे मानवजातिकाे मुक्तिको सपना पुराहुनेछ ।
अन्तमा
वुवा र अामावाट मैले फरक फरक शिक्षालिए हामिघरवाट छ जना जनयुद्दमा सामेल थियाै दुईजना वैनिहरु ( निर्मला र मन्जु) जनयुद्धमा मारिए पछि म घरजादा म वुवा अामा सग कसरिकुरा गराै भनेर चिन्तित थिएँ , वैनिकाे मृत्युको खवर वुवा अामाले पाईसक्नु भएको रहेछ । मेराे भाग्यमै यस्तो रहेछ तिनवर्षमा तिनजन छाेरिहरु मरे तिमिहरु जाेगियर कामगर हामी जसाेतसाे घरसमाल्छाै तिमीहरूको अाफ्नाेवाटाे नछाेड वेलावेलामा सन्चो विसन्चाेकाे खवर पठाउदै गर मैले वुवावाट कठाेर र लक्ष्यप्रती दृढहुन सिके अामावाट नरम र मायालु वन्न सिके याे मेराे घरकाे शिक्षा भन्ने मान्छु । यी ईमान्दार सिपाईहरुले वगायकाे रगत र देखेकाे सपनाकाे भारिवाेक्ने जिम्मेवारि हामिवाँचेकाहरुकाे काधमाछ हामीले अझकठाेर र दृढ संकल्पगराै उनिहरुकाे वलिदान खेरजाने छैन सपनाहरु विचवाटाेमा अलपत्र छाडिने छैनन । विरअमर शहीदहरु- लाल सलाम २५ अाै जनयुद्द दिवस- जिन्दावाद जनयुद्ध दिवसको हार्दिक शुभकामना । भाषिक सुद्दता र सब्दछनाैटमा समस्या हुन गयकाेमा क्षमा चाहन्छु धन्यवाद ।
लेखक पुर्व मन्त्री गोपी बहादुर आछामी हाल नेकपाको केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्यको जिम्मेवारीमा क्रियाशिल हुनुहुन्छ । 


,

0 comments

Write Down Your Responses