Powered by Blogger.
सुनकोशीका चार वडामा निःशुल्क मोतियाविन्दुको परिक्षण तथा शल्यक्रिया

बुद्ध नेपाली ,सिन्धुली, १६ फागुन । सिन्धुलीको सुनकोशी गाउपालिकाको विभिन्न वडामा निःशुल्क मोतियाविन्दु परिक्षण तथा शल्यक्रिया शिविर संचालन भईरहेको छ । सुनकोशी गाउपालिका, नेपाल रेडक्रस सोसाईटी उपशाखा कार्यालयहरुको सहयोग, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग र आत्मीय सामुदायिक अस्पताल खाल्टे सिन्धुलीको समन्वयमा शिविर संचालन भएको हो । 

शिवरमा सुनकोशी गाउपालिकाको वडा नं.३,५,६ र ७ वडाका विभिन्न ठाउँमा निःशुल्क मोतियाविन्दुको परिक्षण गर्ने र परिक्षणमा छनोट भएकाहरुको निःशुल्क शल्यक्रिया गरिने आत्मीय सामुदायिक अस्पताल खल्टेले जनाएको छ । गत फागुन ११ गते देखि सुरु भएको शिविरमा अहिले सम्म सुनकोशी गाउपालिकाको वडा नं. ६ को अमारे, गौखर्क, र आत्मीय सामुदायिक अस्पतालमा, वडा नं. ७ को मझुवा स्वास्थ्य चौकीमा मोतियाविन्दुको नि ःशुल्क परिक्षण गरिएको अस्पतालका कार्यकारी निर्देशक सन्जिव केसीले जानकारी दिनुभयो । 

फागुन २३ गते सम्म संचालन हुने शिविरमा सुनकोशी गाउपालिकाको वडा नं. ७ को चालिसे, वडा नं. ५ को बन्दिपुर, लिल्टे भज्यांग र वडा नं. ३ को झागाझोली रातमाटा स्वास्थ्य चौकीमा शिविर गरिने उहाँले बताउनुभयो ।
शिविरमा शल्यक्रियाका लागि छनोट भएकाहरुलाई यही फागुन ३० र चैत १ गते दुई दिन आत्मीय सामुदायिक अस्पतालमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो । 

शिविरमा नि ःशुल्क औषधी, शल्यक्रिया, चस्मा वितरण गर्नुका साथै र शल्यक्रियाका लागी छनोट भएहरुलाई अस्पताल सम्म आउने यातायातको पनि व्यवस्था मिलाईएको उहाँको भनाई छ ।


, ,

0 comments

Write Down Your Responses