Powered by Blogger.
आजाद’को ३९ औं स्मृतिसभा सम्पन्न,

बुद्ध नेपाली ,सिन्धुली, १२ फाल्गुन । सहिद ऋषिराज देवकोटा ‘आजाद’को ३९ औं स्मृतिसभा सोमवार सिन्धुलीको कमलामाई नगरपालिका –९ भिमान स्थित स्मृतिस्तम्भ एंव उद्यानमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सिन्धुलीको आयोजनामा भएको सभामा सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति प्रतिष्ठानले प्रकासन गरेको ‘आजाद’ नामक पुस्तक लोकापर्ण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलले पुस्तकको लोकापर्ण गर्नुभएको हो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य गजुरेलले पार्टीले सहिदहरुको सम्मान नगरेसम्म त्यो पार्टी आफ्नो लक्ष्यमा पुग्न नसक्ने बताउनुभएको छ ।सहिदको नाममा हुने कार्यक्रममा औपचारिकता मात्रै पुरा गर्ने प्रवृक्ति बढेको बताउदै उहाँले सहिदहरुको नाम बेचेर खानेकाम भईरहेको बताउनुभयो । उहाँले अहिलेसम्म राज्य र पार्टीले सहिदको सम्मान गर्न नसकेको बताउनुभयो ।
उहाँले दुर्गा सुवेदी र दल बहादुर रजनमगरलाई पनि सहिद घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

ऋषि देवकोटा आजाद की धर्म पत्नी तथा प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले सहिदहरुको सपना पुरा हुन नसकेको बताउनुभएको छ । ‘सर्वहारा बर्गको नेतृत्व गर्न, यो समाज परिवर्तन गर्न सहिदहरुले रतग बगाए । तर अझै पनि सहिदहरुले देखेको सपना पुरा भएको छैन । उनीहरुको उदेश्य अझmै पनि हामीले पुरा गर्न सकेका छौंनौं ।’ उहाँले देश परिवर्तको लागि रगत बगाएका शहिदका इच्छा चाहना पुरा गरिनुपर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सिन्धुलीका ईन्चार्ज बिषमलाल अधिकारी दनुवार, सह ईन्चार्जद्धय कमलजंग राई, उमा कोईराला, जिल्ला अध्यक्ष राजन दाहाल,केन्द्रिय सदस्य गणेश पहाडीले सहिदले देखेका सपना पुरा सवै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभएको छ । 

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल आउने कार्यक्रम भएपनि विपी राजमार्ग सोमवार दिउसोभरी अवरुद्ध भएपछि कार्यक्रममा नपुगी काठमाडौं फर्किनुभयो । 

कार्यक्रममा सिन्धुली जिल्लाबाट संघिय सांसद तथा प्रदेशसभा सदस्य जनप्रतिनिधि, स्थानिय तहहरुका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायत पार्टीका जिल्ला स्तरिय नेता तथा जिल्लावासीहरुको बाक्लो उपस्थिती रहेको थियो । रक्षामन्त्री पोखरेल जान नपाएछि पूर्वमन्त्री तथा नेकपा नेता हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा भिमानमा वामपन्थी नेता देवकोटाको स्मृति सभा सम्पन्न भएको छ।


, ,

0 comments

Write Down Your Responses