Powered by Blogger.
निर्माण व्यवसायी संघ सिन्धुलीको निर्वाचन ः दाहाल र श्रेष्ठ विच कडा प्रतिस्पर्धा

सिन्धुली, ६ फागुन । निर्माण व्यवसायी संघ सिन्धुलीको नयाँ नेतृत्व चयनका लागी मंगलवार सम्पन्न निर्वाचनको अहिले मतगणना भईरहेको छ । दिउसो ३ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सकिएपछि मतगणना सुरु भएको हो । 

निर्माण व्यवसायी संघ सिन्धुलीको नयाँ कार्यसमितिको १२ पदका लागी २४ जना चुनावी मैदानमा छन् । अध्यक्षका उम्म्दवार उद्धब प्रसाद दाहालको नेतृत्वको समुहमा प्रथम उपाध्यक्षमा फणिन्द्र पोख्रेल पहाडी, दितिय उपाध्यक्षमा नेत्रलाल कुवर, महासचिवमा मेजर बहादुर खड्का, कोषाध्यक्षमा लिला बहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा पुष्प कुमार पौडेल, सचिवमा रुद्र बहादुर खड्का चुनावी मैदानमा छन् । 

अर्का अध्यक्षका उम्मेद्वार तुलसरीराम श्रेष्ठको समुहमा प्रथम उपाध्यक्षमा राजेश कुवर, दितिय उपाध्यक्षमा विक्रम खत्री, महासचिवमा बसन्त ढकाल, कोषाध्यक्षमा रुम बहादुर राई, सहकोषाध्यक्षमा कविता बर्मा, सचिवमा रमेश प्रजापति चुनावी मैदानमा छन् । 

अहिले सम्मको मतगणनामा दुवै समुह विच कडाप्रतिस्पर्धा भईरहेको निर्वाचन समितिले जनाएको छ । कुल १२ पदाधिकारीमा ३ जना निर्विरोध निर्वाचित भईसकेका छन् । जनजातितर्फको सदस्यमा दिल बहादुर बम्जन (डिबि) र तेज बहादुर श्रेष्ठ निर्विरोध सदस्यमा चयन हुनुभएको छ भने महिला सदस्यमा लिला कुमारी थापा निर्विरोध निर्वाचित हुनुभएको छ । 

कुल १५५ मतदाता रहेकोमा १५१ मत खसेको निर्वाचन समितिले जनाएको छ । यो समाचार तयार पर्दासम्म मतगणना भईरहेको छ ।


,

0 comments

Write Down Your Responses