Powered by Blogger.
शुक्रवार देखि दोश्रो फिक्कल महोत्स सुरु

बुद्ध नेपाली (खाङसाङ्क) सिन्धुली, ९ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकाको आयोजनामा शुक्रवार देखि फिक्कल गाउँपालिका–४ खाङसाङ्कमा दोश्रो फिक्कल महोत्सब सुरु भएको छ ।  

भ्रमण बर्ष २०२० लाई टेवा पु¥याउने भन्दै आयोजना गरिएको महोत्सवको उद्घाटन सिन्धुली निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले एक भव्य समारोह बीच गर्नुभएको हो । 

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी वर्तमान सरकारमा रहेको बताउनुभयो । उहाँले दश बर्ष भित्र नेपालीहरुको आम्दानी ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बनाउने गरी सरकार लगी परेको बताउनुभयो । 

सरकारले दुई बर्षभित्र ३६ सय किलो मिटर सडक कालोपत्रै गरेको, सोही आधारमा ग्रामीण सडक निर्माण गरेको,मध्य पहाडी लोकमार्गलाई उच्च प्राथमिकतामा राखेर निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले आगामी दुई बर्षभित्र आधुनिक उर्जाको सेवा पुर्याउने भन्दै सिन्धुलीको सवै स्थानिय तहका घरघरमा विजुली बत्ति पुर्याउने योजनामा लागेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै बामगती प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन)ले फिक्कल गाउपालिकाले पहिलो महोत्सवबाट पाठ सिक्दै दोस्रो महोत्सव सफल बनाउनुपर्ने बताउनुभयो । महोत्सवमा कलाकारलाई ल्याएर गाउने नचाउने भन्दा पनि स्थानिय उत्पादन, कला संस्कृति, पर्यटकी तथा ऐतिहासिक स्थलहरुको प्रचार प्रचार हुनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले महोत्सवले स्थानिय कला संस्कृति, भेषभुषाको संरक्षण गर्न टेवा पुर्याउनुपर्ने बताउनुभयो । सरकार चुनावमा जारी गरेको घोषणा पत्रका आधारमा काम गरिरहेको उहाँले दावी गर्नुभयो । सरकारले भ्रष्टचारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकाले अहिले भ्रष्टचारका मुद्धाहरु बाहिर आएको उहाँले दावी गर्नुभयो । फोहोर सफा गर्दा कतै फोहोर लाग्न सक्छन् भन्दै उहाँले सरकारले देशमा रहेका फोहोर सफा गर्ने काम गरिरहेको बताउनुभयो ।  

बागमती प्रदेशसभा सदस्य प्रदिप कटुवालले सिन्धुलीको सवैभन्दा उचाईमा रहेको फिक्कललाई चिनाउन महोत्सवले सहयोग गर्ने बताउनुभयो । 

बागमती प्रदेशसभा सदस्य विनोद खड्काले महोत्सवको सफलताको शुभकामना दिदै महोत्सवले फिक्कल गाउपालिकाको ऐतिहासिक स्थलहरुको संरक्षण, प्रवद्र्धन र पहिचान गर्ने बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन महोत्सवले मद्धत गर्ने बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा नेकपा सिन्धुलीका सहईन्चार्ज उमा कोईरालाले महोत्सव सफलताको शुभकामना दिनुभयो ।  

महोत्सवमा लोप हुन थालेको पन्चेबाजा,खैजेडी, माझी, सुनुवार, मगरका लगाएतका जातका भेषभुषा, बाजा सहित झाँकी प्रदर्शन गरिएको छ । 
महोत्सव भरी साहसिक खेलका रुपमा सुनकोशी नदीमा ¥याफ्टिङ र प्याराग्लाईडिङ्ग सञ्चालन हुने भएको छ ।
सुनकोसीमा जलयात्रा गर्न ८ वटा ¥याफ्टिङ र फिक्कलको अवलोकन गर्न ४ वटा प्याराग्लाईडिङ्ग सञ्चालन हुने उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो । 

फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्त्यव्य गाउपालिका उपाध्यक्ष पार्वति सुनुवारले राख्नुभएको थियो ।


, , , ,

0 comments

Write Down Your Responses