Powered by Blogger.
दोश्रो फिक्कल महोत्सब भब्यताका साथ समापन


बुद्ध आछामी, १८ फाल्गुन, सिन्धुली  । सडक, शिक्षा र बिजुली फिक्कलको पुर्वाधार, कृषि,बन र पर्यटन सबृद्दिको मुल आधार भन्ने मुल नाराका साथ फाल्गुण ९ गतेदेखी सञ्चालित दोश्रो फिक्कल महोत्स(२०७६ को आज भब्यरूपमा समापन गरिएको छ । समापन समारोहलाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै बागमति प्रदेश सभा सदस्य प्रदिप कटवालले फिक्कलको बिकासका लागि महोत्सबले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउँदै फिक्कललाई पर्यटकीय क्षेत्रको रूपमा बिकास गरि सरकारले अगाडि सारेको सुखि नेपाली र सबृद्द नेपाल निर्माणको सपना पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कटवालले फिक्कलको बिकासको लागि आफुले सकेजति सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो । 

त्यस्तै समापन समारोहलाई विशेष अतिथिको रूपमा सम्बोधन गर्दै जिल्ला समन्यब समिति सिन्धुुलीका प्रमुख सकर बर्माले महोत्सबले स्थानीय कला सस्कृतिलाई जगेर्ना गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउँदै आफ्नो सस्कार र सस्कृतिको सरक्षणमा लाग्न स्थानीय सरकार र समुदायलाई आग्रह समेत गर्नुभयो ।
नेपाली काग्रेस सिन्धुलीका पुर्व सभापति अर्जुन बरालले स्थानीय सरकारले महोत्सबको आयोजना गरेर प्रशसनीय कार्य गरेको बताए । फिक्कल पर्यटकीय महत्वको ठाउँ भएकाले यस्को बिकासमा मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

समापन समारोहमा मनतब्य ब्यक्त गर्दै नेकपा फिक्कल गाउँपालिका अध्यक्ष रामप्रसाद भण्डारीले सबृद्द फिक्कल बनाउने अभियानलाई महोत्सबले टेवा पुर्याएको बताउँदै आन्तरिक पर्यटन र सास्कृतिक पर्यटन बिकासमा धेरै अगाडि बढेको बताए । 

कार्यक्रममा मनतब्य राख्दै नेपाली काग्रेस फिक्कल गाउँपालिकाका सभापति दिलनाथ पहाडीले फिक्कललाई पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्न महोत्सबले महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै सरकारले सबै नागरिकलाई समान हिसाबले शासन गर्नुपर्नेमा जोड दिए । 

महोत्सबमा पन्चेबाजा प्रतियोगितामा प्रथम हुने खाङसाङ समूह दोश्रो हुने सोल्पाठाना समुह तेश्रो हुने रत्नावति समुहलाई प्रशंसा पत्र नगद पुरस्कार र पन्चेबाजाको सेट प्रदान गरिएको छ । साथै लोप हुँदै गएको पन्चेबाजाको संरक्षण र बिकासका लागि सबै वडाका सहभागी समुहलाई पन्चेबाजा सेट समेत गरिएको छ । 

त्यस्तै महोत्सबको अबसरमा अन्तर मावि स्तरिय सामुहिक नृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिताका बिजेताहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ ।

भिजिट बर्ष २०२० को अबसरमा फिक्कल गाउँपालिकाले आयोजना गरेको महोत्सबमा मुख्य आकर्षकको रूपमा प्याराग्लाईडिङ र सुनकोशी रयाफ्टिङ रहेको थियो भने राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सास्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए । 

१० दिन सम्म चलेको महोत्सबलाई ५० हजार भन्दा बढी दर्शकहरूले अवलोकन गरेको आयोजकले बताएको छ ।


,

0 comments

Write Down Your Responses