Powered by Blogger.
गाउँ गाउँमा पुगेर बृद्धबृद्धाहरुलाई भत्ता वितरण

सिन्धुली,  दुधौली नगरपालिका वडा नम्बर २,सिन्धुलिको जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा भत्ता दुधौली नगरपालिकाको मेयर घनश्यम राउत र दुधलि नगरपालिकाका प्रवक्ता रितेश राउतले टोल टोलमा लगेर वितरण गरेका छन । 

उक्त कार्यक्रममा दुधौली नगरपालिकाको प्रवक्ता रितेश राउतको अध्यक्षता र नगर प्रमुख घनश्याम राउतको प्रमुख  अतिथी त्यसै गरि जेष्ठ नागरिक समाज सिन्धुलिको जिल्ला सदश्य, स्थानीय अगुवाको बिच एक कार्यक्रम गरि बितरण गरेका हुन । जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा भत्ता सङै जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरि समापन गरेका हुन । ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाइ दोसल्ला ओढाएर , साथमा हर्लिक्स दिएर सम्मान गरेका हुन । 

उक्त कार्यक्रम दुधौलि नगरपालिकाको मेयर घनश्याम राउतले जेष्ठ नागरिकको सहजताको लागि  गाउँ गाउमा सहरि स्वास्थ्य क्लिनिकहरु सचालन गरेका छौ, वृद्धहरुलाइ आवश्यक पर्ने सबै औषधी तथा  हिड्न नसक्ने वृद्धहरुलाइ घरमै गै स्वास्थ्य जाच गरि दिने ब्यवस्था मिलाउने समेत आश्वासन दिएका छन । 

उक्त कार्यक्रम आयोजना गरेर सम्मान पाउँदा जेष्ठ नागरिक अतिनै खुसी भएर धन्यवाद सहित आशीर्वाद समेत दिएका थिए भने गाउलेहरुनै प्रशंसा योग्य काम गरेको भन्दै खुसी प्रकट गरेका थिए । 

त्यसै गरि कार्यक्रमको समापन गर्दै वडा अध्यक्षले भन्नू भयो आगामी दिनहरुमा अझ थप वृद्ध अवस्थाका मानिसहरुलाइ घरमै गै सम्मान तथा भत्ता बितरण गर्ने र अब सबै खालका वृद्धहरुलाइ टोलटोलमा गै भत्ता बितरण गर्ने समेत घोषणा गर्नु भएको थियो र तपाइहरुलाई समस्या पर्दा छोरो सम्झेर भन्दा हुन्छ म सबै खालका बजेटले भ्याए समेत बिकासको कार्यक्रम समेत ल्याउने छु भने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।


,

0 comments

Write Down Your Responses