संकटमा नगरबासीलाई अग्रिम सामाजिक सुरक्षा भत्ता

कोभिड–१९ (कोरना भाइरस ) ले बिश्व त्रशित बनाएको र नेपाल सरकारले देश नै लक डाउन गरेको १४ औँ दिन चलिरहदा यता सिन्धुलीको कमलामाई नगरपालिकाले जेष्ठनागरीक , अपाङ्ग, आसाय, एकल महिला तथा बिपन्न बर्गहरुलाई दुई महिना आडि नै अग्रिम समाजिक सुरक्षा बितरण गरेको हो ।
सोमबार नगरपालिकाको वडा न.६ को नुनथला र ७ को बुद्धनगरका जेष्ठनागरीकको घरमा नै पुगेर नगरप्रमुख खड्ग खत्रीले समाजिक सुरक्षा भत्ता बितरणको सुभारम्भ गर्नुभएको हो । विश्व कोरना भाइरसको महामारीको लडाइमा जुधिरहेको अवस्थामा जेष्ठनागरीक तथा अन्य बर्गहरु सँग आर्थिक शंकट सिर्जना हुने भएकाले तत्काल औषधि किन्नु परेमा अवस्थामा समस्या नहोस भन्ने हेतिुले यस्पाली नगरपालिकाले घरघरमा नै गएर अग्रिम समाजिक सुरक्षा भत्ता वितरण गरेको नगरप्रमुख खत्रीले जानककारी बताउनुभयो ।लकडाउको समयमा बैंक मार्फत बितरण गर्दा लावन्वीत लकडाउन उल्लघन हुनका साथै भिडभाड बढ्ने भएको वडा मार्फत सबैको घरघरमा पु¥याउने जानकारी दिनुभयो ।
उहाँले नगरबासीमा यो महामारीको समयमा संम्यमित र धैरे भएर बस्न समेत अग्रह गर्नुभएको छ । नगरपालिका भित्र बसोबास गर्ने कुनै पनि परिवार भोकै बस्नुु नपरोस र चुलो निभ्न नदिने र तत्काल नगरपालिकाले राहत दिने समेत बताउनुभयो ।
उहाँले नगरबासीमा यो महामारीको समयमा संम्यमित र धैरे भएर बस्न समेत अग्रह गर्नुभएको छ । नगरपालिका भित्र बसोबास गर्ने कुनै पनि परिवार भोकै बस्नुु नपरोस र चुलो निभ्न नदिने र तत्काल नगरपालिकाले राहत दिने समेत बताउनुभयो ।
यता आजबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता नगरपालिकाका १४ वटै वडामा बितरण गरिने नगरपालिका प्रवक्ता कर्ण घिसिङ्गले जानकारी दिनुभयो । घिसिङ्गका अनुसार ३ करोड ६७ लाख ९९ हजार २ सय रुपैया ,नगरबासीको हातमा जाने छ भने ,७ हजार ६ सय दुइ जना लक्षित वर्ग लाभान्वित हुनेछन् ।
0 comments
Write Down Your Responses