Powered by Blogger.
हस्पीटल रोडको मोवाइल पसलमा भएको चोरहरु सि.सि क्यामेरामा कैद

 उदव कुमार श्रे‍ष्ठ – 

कोराना भाइरस Covid 19 माहामारीका कारण लामो समय देखी लकडाउन भए सगै सिन्धुलीमा चोरीका घटनाहरु दैनिक वड्र्रन थालेका छन् । सिन्धुलीको हस्पीटल रोडमा रहेको प्रसान्त इलेक्ट्रोनिक पसलमा वैशाख १८ गते राती ३५ हजार नगद सहित एक थान ल्यापट र विभिन्न महगो व्रान्डका केही थान मोवालहरु चोरी भएको छ । सि.सि क्यामेराको रेकर्ड अनुसार रातीका करिव १ वजे र ७ मिनट जादा उक्त पसलमा चोरी भएको देखिन्छ । पसलको ताला फोर्नको लागि नजिकै सिद्धबावा हार्डवयर पसल वाहिर नमुनाको लागि राखीको इटा ल्याउने क्रममा वाहिर राखिएको सि.सि. क्यामेरामा कैद भएका हुन । प्रहरीले सोही सि.सि क्यामेरामा कैद भएको भिडियो आधारमा चोरहरुको खोजी कार्य भई रहेको जनाएको छ । सिन्धुलीमा रहेका टाडा टाडाका ब्यापारीहरु पसल वन्द गरेर लकडाउनका कारण घरमै वसेका छन यसरी लकडाउनको समयमा पनि चाेरी हुदा सम्पुर्ण ब्यापारीहरुले चिन्ता ब्यक्त गरेको छन् । एक ब्यारी भन्छन लगडाउनले चोरहरुलाई झन सजिलो बनायो सबै ब्यापारी घरमा चोरहरु रोडमा प्रहरीको काम दिउसो मात्र हो र ? यसरी चोरी भएको घटनालाइ लिएर शनिवार सिन्धुलीमा रहेको सम्पुर्ण मोवालपसलका ब्यापारीहरु मिलेर आफ्नो पसलको सुरक्षामाग गर्दै चोरीमा संलग्न चोरहरुलाइ छिटो छिटो प्रकाउ गर्न जिल्ला प्रसासन कार्यालयलाई ध्यानाकर्ण गराएका छन् ।


0 comments

Write Down Your Responses