Powered by Blogger.
“राहतका लागि वास्तकि राहत कर्ता हो भने मात्र अपिल गरौ होइन भने वास्तविक राहतकर्ता छुट्ने छ । ” अध्यक्ष थापा


सिन्धुली कमलामाई नगरपालिका वडा कार्यलयहरुले धमाधम राहत वितरण गरेको छ । पहिलो पटक नोटरी पब्लीकको सहयोगमा प्रदान गरिएको एकथान तापक्रम नाप्ने यन्त्र(थर्मलगन) द्धारा सामाजिक दुरी कायम गरी तपक्रम परिक्षण गरी राहत वितरण गरिएको हो  । ५ नं. वडा का वडा अध्यक्ष पुर्ण बहादुर खड्का अनुसार राहतका लागि पहिला नै टोल सुधार समिति मार्फत नै नाम संकलन गरिएको थियो । खड्का अनुसार ७४३ जानाले राहतका लागि नाम टिपाएका छन् । “हामीलाई ७४३  जानालाई मात्र वितरण गर्ने राहत आएको छ , त्यो भन्दा एक वोरा पनि वढी आएको छैन, तर अहिले पनि नाम टिपाउनु पर्यो, भनेर दिन दिनै मान्छेहरु आई रहेका छन् । नाम छुटेकाहरुको लागि के ब्यवस्था गर्ने भनेर, हामी पनि अन्यौलमा छौ ।” त्यसैगरी ६ नं. वडा कार्यलयले  पनि कर्मचारी, प्रहरी र नगर प्रहरी लागएत स्थानियहरुको सहभागितामा भिडभाग नहुने गरी ब्यवस्थीत रुपमा राहत वितरण गरीको वडा अध्यक्ष उज्जल थापाले जानकारी गराउनु भयो । “नाम टिपाउन छुटेका र गुनासोहरु वडामा धेरै आउने गरेका छन् त्यसका लागि हामी छुटै ब्यवस्था गर्ने छौ । थापाका अनुसार “राहतका लागि वास्तकि राहत कर्ता हो भने मात्र अपिल गरौ होइन भने वास्तविक राहतकर्ता छुट्ने छ । ”


,

0 comments

Write Down Your Responses