सिन्धुली, २० जेठ २०७७
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले कमलामाई नगरपालिकाले वितरण
गरेको राहतका विषयमा तथ्यहिन समाचार आएकाले यस्ता समाचारमा भर नपर्न आग्रह
गर्नु भएको छ ।
रजनैतिक पुर्वाग्रहका आधारमा अनर्गल रुपमा प्रचार गरिएका विषयमा
नगरबासीलाई भ्रम पैदा नगारउन नगरबासि र सञ्चारकर्मीलाई समेत उहाँले आग्रह
गर्नुभएको हो ।
आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर खत्रीले केही स्वार्थ पुरा
नहुँदैमा यसरी राहतको नाममा गलत तरिकाले प्रचार प्रसार गर्न केही राजनितिक
दलमा आबद्ध व्यक्ति सञ्चारकर्मी लागेकोमा दुःख व्यक्त गर्नुभयो । राहत
पाउने नगरबासिबाट हाल सम्म गुनासो नआएको र राजनैतिक पुर्वाग्रह राखी वडा नं
४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले गलत प्रचार प्रसारमा लागेको समेत
स्पस्ट पार्नुभयो ।
उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ‘नगरपालिकाले सार्वजनिक खरिद ऐन
नियमको प्रक्रिया पुरा गरि खरिद गरी राहत वितरण गरि रहको छ ।

साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीबाट समेत राहत सामाग्री गुणस्तर रहेको भनि सिफारिस भएको हुँदा यस विषयमा व्यक्तिगत स्वार्थ पुरा नहुदेमा अनर्गल रुपमा प्रचार नगर्न उहाँको आग्रह रहेको छ ।
उहाँले भन्नुभयो ‘यति सम्म प्रंचार गरिएको छ मेयरलाई कोरोना भएको भन्दै प्रचार गर्दै हिड्ने, राहतमा भ्रष्ट्राचार ग¥यो भन्दै हिड्ने, तौल कमी भयो भन्ने लगाएतका गतिविधि भएकोमा यस्ता गलत प्रचारबाजि गरेर नहिडन समेत उहाँको सुझाव रहेको छ ।
0 comments
Write Down Your Responses