Powered by Blogger.
अनेरास्ववियू सिन्धुलीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन।

विजयकिल्ला सम्वाददाता, सिन्धुली

प्रतिनिधिसभा संसद विघटनको विरोधमा नेकपा(प्रचण्ड माधव) पक्षका विद्यार्थी संगठन अनेरास्ववियू सिन्धुलीले शुक्रवार साझ प्रधानमन्त्री केपी शर्मा ओली को पुत्ला दहन गर्ने कार्यक्रम सम्पन्न गरेका छन । सिन्धुली सदरमुकामको मुख्य बजार जुनार स्तम्भ अगाडी नारावाजी गर्दै विद्यार्थी तथा युवाहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।



आजै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला अध्यक्ष राजन दाहालवाट नेतृत्वको हस्ताक्षरित भएको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) संगठन कमिटि सिन्धुली  र सहसंयोजक भानुभक्त श्रेष्ठ द्वारा हस्ताक्षरित अनेरास्ववियूले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । अनेरास्ववियू सिन्धुलीले पठाएको पत्रमा ठूलो त्याग, तपस्ता र बलिदानको जगवाट प्राप्त भएका महान् उपलब्धीलाई संस्थागत गर्नुको सट्टा संविधानलाई कुल्चन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको प्रयास गर्नुभएको जनाएको छ । 



नेपालको संविधान २०७२ को कुनै पनि धारामा यति सजिलै संसद वाहिर वाट मन्त्रीपरिषदको एकल निर्णयले प्रतिनिधि सभा विघटनको कल्पना गरेको छैन । संविधानको भाग ७ धारा ७६ मा उल्लेख गरे अनुसार स्पष्ट संसदमा वहुमत रहेको, दुई वा सो भन्दा वढी दलहरुवीच सहकार्य भई सरकार वन्ने अवस्था जिवितै रहेको अवस्था र धारा ७६ को उपधारा २, ३ र ४ मा रहेको संवैधानिक व्यवस्थालाई नजर अन्दाज गरी लहड र मनमौजी ढंगवाट आफु अनुकुल संविधानको व्याख्या गरी प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सम्वन्धी प्रस्ताव राष्टपति समक्ष पेश गर्नुभएको र उक्त प्रस्ताव सम्वन्धि गहन अध्ययन समेत नगरी राष्ट्र प्रमुख जस्तो गरिमामय पदमा वसेको सम्मानीत संस्थावाट प्रतिनिधिसभा विघटन गरिएको ज्ञापनपत्रमा जनाइएको अनेरास्ववियू सिन्धुलीको सह-संयोजक भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो । 



त्यसैगरी विज्ञप्तीमा उक्त असंंवैधानिक प्रतिनिधिसभा विघटन सम्वन्धी प्रतिगामी कदमका विरुद्ध अनेरास्ववियू सिन्धुलीले घोर भत्र्सना गर्दै  उक्त कदमलाई सच्याउन माग समेत गरेको छ अन्यथा नेपालको संविधानको सम्मान, कार्यान्वयन गर्न र नेपाली जनताको अधिकारको प्राप्तिको निमित्त कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइएको ज्ञापनपत्रमा सहसंयोजक श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।

                                                विज्ञप्ती 





समाचार प्रकाशित २०७७/०९/२४ गते


0 comments

Write Down Your Responses