Powered by Blogger.
शिद्दस्थली इङलिस बाेर्डिङद्दारा बिधार्थी दिक्षित

सिन्धुलीमाढी । ४ बैशाख । शिद्दस्थली इङलिस बाेर्डिङ स्कुलले पुर्व प्राथामिक तह उत्तीर्ण गरि प्राथामिक तह प्रवेश गरेका आफ्ना बिधार्थीहरूलाई आज एक समाराेह बीच दिक्षित गरेकाे छ । जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पुर्व प्राथामिक तह सञ्चालन गरिरहेकाे बिधालयले २०७३ सालदेखी आफ्ना बिधार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनकाे सुरूवात गरेकाे हाे । कक्षा १ मा प्रवेश गरेका ५२ जना दबिधार्थीहरूलाई दिक्षित गर्दै प्रमाणपत्र प्रदान गरेकाे हाे । बिधालयकी निर्देशक लक्ष्मी प्रधानकाे अध्यक्षतामा भएकाे समाराेहलाई सम्बाेधन गर्दै प्रमुख अतिथी कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले आफ्ना बालवालिकाहरूलाई बिधालय पठाएर मात्र हाेईन अभिभावकहरूले घरमा पनि शिक्षा र संस्कार सिकाउन जरूरी रहेकाे बताए । भबिष्यका कर्णधार बालवालिकाहरू नै भएकाल बाल मस्तिष्क देखीनै सामाजिक संस्कार र संस्कृति सिकाउदै लानुपर्नेमा जाेड दिए । काेभिड-१९ का कारण बालबालिकाहरूले पढ्न नपाएकाे बताउँदै सुरक्षा साबधानी अपनायर बिधालयहरू निरन्तर सञ्चालन गरिनु पर्ने उनकाे भनाई थियाे । उनले बिधालयले सुरू गरेकाे दिक्षान्त समाराेहले बालवालिका तथा अभिभावकहरूलाई अझ हाैसला मिल्ने बताउँदै बिधालयलाई धन्यवाद समेत ब्यक्त गरे । कार्यक्रममा आफ्नाे भनाई राख्दै प्याबसनका केन्द्रीय सदस्य तथा बिधालयका प्रिन्सीपल अाेम प्रधानले आफ्नाे बिधालय सधै बिधार्थीहरूकाे भबिष्य प्रति चिन्तित भएर अगाडि बढीरहेकाे बताउँदै आगामी दिनहरूमा प्रबिधीमा भएकाे बिकाससँगै अझ बिधालयलाई बिकास गर्दै लगिने प्रतिबद्दता ब्यक्त गरे । प्याबसन सिन्धुली सचिब भानुभक्त गुरूङ, नबज्याेती बहिरा माध्यमिक बिधालयका प्रधानाध्यापक बिजय तामाङ लगायतले आफ्नाे मनतब्य ब्यक्त गरेका थिए।


,

0 comments

Write Down Your Responses