Powered by Blogger.
सिन्धुलीमा आज फेरि एक कोरोना संक्रमितको मृत्यु


सिन्धुली, ७ जेठ । सिन्धुलीमा शुक्रबार कोरोना सङक्रमित थप एक जनाको ज्यान गएको छ । कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान कमलामाई नगरपालिका–४ निवासी ५७ बर्षिय एक पुरुषको ज्यान गएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार करङ भाँचिएर सिन्धुली अस्पतालमा उपचार गराई रहेका मृतकलाई अक्सिजनको मात्र कम भएपछि पिसिआर परिक्षण गर्दा बैशाख १८ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

मृतकको शब नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरि रहेको छ । योसहित सिन्धुलीमा कोरोनाको कारण ज्यान गुमाउनेको सङख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सिन्धुलीमा बिहिबार बेलुका पनि कमलामाई नगरपालिका वडा न १४ चन्दनपुर निवासी ७८ वर्षिया एक पुरुषको कोरोना सङक्रमणका कारण मृत्यु भएको थियो ।



, ,

0 comments

Write Down Your Responses