Powered by Blogger.
प्रधानमन्त्रीले बाेलाए आक्समिक पत्रकार सम्मेलन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओलीले आकस्मिक पत्रकार सम्मेलन बोलाएका हुन् । 

पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

images

उनले पत्रकार सम्मेलनको विषय भने खुलाएका छैनन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वन गरेपछि मध्यराति प्रधानमन्त्री ओली जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई लगेर शितल निवास पुगेका थिए । 


,

0 comments

Write Down Your Responses