Powered by Blogger.
जनसेवा सहकारीद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयाेग

 


सिन्धुली, ७ जेठ । काेराेना भाइरसकाे दाेश्राे लहरकाे नयाँ भेरियन्ट फैलिएसँगै संक्रमणकाे प्रतिराेध गर्दै फ्रन्टलाईनमा क्रियाशिल पत्रकारहरूलाई जिल्लाकाे जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई नगरपालिका-६ ले स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । 

पत्रकार महासंघ सिन्धुलीलाई सुक्रबार सेनिटाईजर प्रदान गरिएकाे संस्थाका अध्यक्ष मीन बहादुर आलेले जानकारी दिए । पत्रकारहरू अहाेरात्र नागरिकलाई सुसुचित गर्न क्रियाशिल छन, उनिहरूकाे स्वास्थ्य सुरक्षामा सहयाेग पुगाेस भन्ने उदेश्यले सानाे सहयाेग स्वरूप सहकारीकाे तर्फबाट सेनिटाईजर प्रदान गरिएकाे आलेले बताए । 

सहकारीले पत्रकार महासंघलाई ४० पिस १०० मिलिकाे सेनिटाईजर दिएकाे बताउदै महासंघका सचिब पुष्कर थापाले महामारीमा पत्रकारकाे सुरक्षामा सहयाेग गर्ने संस्था प्रति आभार ब्यक्त गरे । 

सहकारीले यसअघि नै क्रियाशिल महिला पत्रकार, रेडियाे शिद्दबाबा साथै विभिन्न कल्वहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरिसकेकाे छ । 


,

0 comments

Write Down Your Responses