Powered by Blogger.
दलित पण्डितबाट खानेपानी ट्याङकीकाे शिलान्यास





सिन्धुली, ९ जेठ । सामाजिक परिवर्तन कुराले हाेईन ब्यवाहारले हुनुपर्छ । समाजमा बर्षाै देखि रहेकाे जातिय समस्या ब्यवाहारिक रूपमा अझै परिवर्तन हुन सकेकाे अबस्था छैन । भेदभाब कायम नै छ । 

सुन्दा अनाैठाे लाग्न सक्छ तर कमलामाई नगरपालिका-२ चियाबारीमा निर्माण भईरहेकाे खानेपानी ट्याङकीकाे शिलान्यासमा पण्डित थिए कान्छाे दमै । दलित समुदायकाे पण्डितकाे रूपमा काम गरिरहेका कान्छाे दमै मन्त्र पढिरहेका थिए ।

पण्डितकाे भुमिका निर्वाह गरेका उनले सामाजिक रूपान्तरण ब्यवाहारबाट हुनुपर्ने बताए । 

जिल्ला समन्यव समिति सिन्धुलीबाट ४० लाख र जनश्रमदान १० लाख सहित जम्मा ५० लाख लगानीमा निर्माण सुरू गरिएकाे १ लाख लिटरकाे पानी ट्याङकीकाे शिलान्यास आज एक समाराेह बिच जिल्ला समन्यव समिति सदस्य चित्र बहादुर बुढाथाेकी र २ नं. वडा अध्यक्ष नबराज थिङले सयुक्त रूपमा गरेका हुन ।

उक्त खानेपानि ट्याङकीकाे निर्माणसँगै चियाबारी क्षेत्रका १०० घरधुरी याेजनाबाट लाभान्बीत हुने छन । 

खानेपानि आयाेजनाकाे उपभाेक्ता समिति अध्यक्ष भाेला कुमार जर्घामगरले निर्माण ताेकिएकै समयमा सम्पन्न गरिने र प्रत्येक उपभाेक्ताकाे घरमा २४ सै घण्टा स्वच्छ खानेपानि उपलब्ध गराउने आफुहरूकाे लक्ष्य रहेकाे जानकारी दिए । 

जिल्ला समन्यव समिति सदस्य चित्र बहादुर बुढाथाेकी उक्त याेजना पार्न देखि सफल बनाउन समेत आफू दिनरात लागिपरेकाे बताउछन । बुढाथाेकी भन्छन, `समस्याहरूकाे पहिचान गर्नु, समाधानका लागि श्राेत खाेज्नु र श्राेतकाे सहि सदुपयाेग गर्दै समाजकाे समस्या हल गर्नु जनप्रतिनिधीकाे दायीत्व हाे ।´ उनले जनतालाई कर्तब्य बाेध गराउने र नेता तथा जनप्रतिनिधीलाई जनउत्तरदायी बनाउन सकेमा सामाजिक रूपान्तरण गर्न सकिने बताए । 

शिलान्यास समाराेहमा नेपाली काग्रेसका जिल्ला नेता सुवास केसी लगायतकाे उपस्थिती रहेकाे थियाे । 



, ,

0 comments

Write Down Your Responses