Powered by Blogger.
राष्ट्रियसभा उपनिर्वाचमा १० जनप्रतिनिधी अनुपस्थित


सिन्धुली । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित भएका छन् ।

निर्वाचन कार्यालयले जनाए अनुसार उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेका छन् । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।
अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । अनुपस्थित ४ प्रदेशसभा सदस्यमा विवेकशील साझाका तीनजना हुन् । सो पार्टीले मतदानमा सहभागी नहुने संस्थागत निर्णय गरेको थियो ।
यस्तै प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहिन् । उनी नेकपा माओवादी केन्द्रकी हुन् । स्थानीय तहतर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित अनुपस्थित रहेका छन् ।
उनीहरु काँग्रेसका हुन् । यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि अनुपस्थित रहे । उनी नेमकिपाका हुन् ।


, ,

0 comments

Write Down Your Responses