Powered by Blogger.
बितिजाेर बरपिपल युवा समुहद्दारा स्वास्थ्य सामाग्री सहयाेग


सिन्धुली(गाेलन्जाेर) ६ जेठ । सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिका वडा नं.-२ बितिजाेरमा जन्मेर देश तथा बिदेशमा क्रियाशिल युवाहरूकाे समुहले आज गाेलन्जाेर गाउँपालिका वडा नं. १,२ र ३ का बिभिन्न संघ संस्थाहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । 

बरपिपल चाैतारी समुहकाे संयाेजनमा दाेश्राे चरणकाे काेराेना भाईरस बिरूद्द अग्रस्थानमा रहेर मानवीय कार्यमा जुटिरहेका स्वास्थ्य संस्था तथा प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेकाे हाे । 

समुहले ग्वालटार स्वास्थ्य चौकीका लागि  मास्क ५०० पिस, क्लोरिन ५ लिटर ,डुडभञ्ज्याङ्ग स्वास्थ्य चौकीका लागी मास्क ५०० पिस,पिपिइ सेट २ थान सेनिटाइजर १ लिटर, थर्मोमिटर २सेट,अक्सिमिटर १ पिस, फेससिल्ड ६ पिस साथै ग्वालटार प्रहरी चाैकीका लागि मास्क २००पिस  सेनिटाइजर १ लिटर हस्तान्तरण गरेकाे समुहका सदस्य गाैरब कार्कीले जानकारी दिए । 

समुहले एम्बुलेन्स र सरसफाईमा कार्यरत कर्मचारीका लागि  पिपिइ सेट २ थान, मास्क १००  पिस र बितिजोर स्वास्थ चौकीका लागि मास्क ५०० पिस, क्लोरिन ५ लिटर,  सेनिटाइजर ३ लिटर, अक्सिमिटर १ पिस, थर्मोमिटर ३ पिस र पिपिइ सेट ५ पिस र  फेससिल्ड २०पिस हस्तान्तरण गरिएकाे जनाईएकाे छ । 


साबिक बितिजाेर गाबिसमा जन्मेर देश तथा बिदेशमा रहेका समाजसेवी युवाहरू तथा समाजसेवी कपिल कार्की स्वास्थ ब्यवसायी बिवेक कुमार आछामीकाे सहयाेगमा स्वास्थ्य सामाग्री संकलन गरि हस्तान्तरण गरिएकाे समुहले जनाएकाे छ । 

पछिल्लाे समय बढ्दै गएकाे काेराेना संक्रमणसँगै युवा समूह तथा सामाजिक संघ संस्थाहरूले मानवीय सेवाका लागि जिल्लामा सक्रियता बढाउँदै गएका छन । जस्का कारण महामारीकाे नियन्त्रणमा महत्वपुर्ण भुमीका पुग्ने निश्चित छ । सचेतना अभिबृद्दिमा अझ बढी सामाजिक अभियान्ताहरू क्रियाशिल हुन जरूरी रहेकाे छ । 



, ,

0 comments

Write Down Your Responses