Powered by Blogger.
राष्ट्रपतिको आह्वानबारे निर्णय लिन कांग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौं ।  ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो।

बैठक शुक्रबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।

 


, ,

0 comments

Write Down Your Responses