आज पनि एक संक्रमितकाे मृत्यू , मृतककाे संख्या १२ पुग्याे
सिन्धुली, ६ जेठ । सिन्धुली कोभिड अस्पतालमा बिहीबार उपचारको क्रममा एक कोरोना संक्रमितको परुषकाे मृत्यु भएको छ।
कमलामाई नगरपालिका वडा न १४ चन्दनपुर निवासी ७८ वर्षीय झ्याउला कुमार दनुवारको उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा सागर देवकोटा ले जानकारी दिए।
कोरोना पोजेटिभ दनुवार लाई ज्वरो आएकाले सिन्धुली अस्पतालमा राखिएको थियो तर श्वास प्रश्वासमा समस्या आएपछि बुधवार कोभिड अस्पताल सारिएको र शरीरमा अक्सिजनको कमीले उनको मृत्यु भएको डा देवकोटा ले भने ।
यो सँगै सिन्धुलीमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ
0 comments
Write Down Your Responses