Powered by Blogger.
सिन्धुली सहित ८ जिल्लामा उच्चगतिको इन्टरनेट सेवाको सुरुवात

 


सिन्धुली १३ जेठ । स्थानीय तहकै सम्झदारीमा सिन्धुली सहित ८ जिल्लामा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम प्रारम्भ भएको छ ।

बागमती प्रदेशको भूूकम्प अति प्रभावित सिन्धुली,काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, र प्रदेश १ काे ओखलढुंगा पहिलो चरणमा जडान हुनेछन् ।
सो सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जुम बैठकमार्फत शुभारम्भ गरेका हुन ।
सेवा जडान भएको २ वर्षसम्म इन्टरनेट सेवा निःशुल्क रुपमा उपलब्ध गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
सिन्धुली सहित ८ वटा जिल्लाका स्वास्थ्य संस्था, वडा कार्यालय, आभारभूत विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराउने अभियान सुरु गरिएको हो ।
सेवा प्रदायक कम्पनीले न्यूनतम २० एमबीपीएस इन्टरनेट सेवा उपलव्ध गराउने छन् ।


, ,

0 comments

Write Down Your Responses