Powered by Blogger.
कोभिडबाट संक्रमित बिरामीलाई ओखर फाइदाजनक

 

सिन्धुली, १३ जेठ । कोभिडलगायत अन्य सङ्क्रमणविरुद्धका लागि शरीरको ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने हुन्छ । साथै सङ्क्रमणबाट निको भएपछि समेत पहिला जस्तो सामान्य अवस्थामा फर्कनका लागि महिनौँ लाग्न सक्छ । 

प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र रिकभरीलाई छिटो बनाउनका लागि पौष्टिक आहारको सेवन गर्न महत्त्वपूर्ण हुन्छ । भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई) का अनुसार कोभिडको बेलामा स्वस्थ प्रतिरक्षा प्रणाली र रिकभरीको प्रक्रियालाई छिटो बनाउनका लागि ओमेगा थ्री फ्याट्टी एसिड, जिङ्क, सेलेनियम, प्रोटिन, र भिटामिन बीसहितको खाना खानुपर्छ ।

यस्तोमा ओखरको सेवन गर्नु फाइदाजनक हुनसक्छ । उल्लेखित सबैजसो पोषक तत्व ओखरमा हुने र यो एक प्रोटिनयुक्त डाइट पनि भएको हुनाले कोभिडबाट निको हुने प्रक्रियामा रहेका बिरामीले यसको सेवन गर्नुपर्ने हुन्छ । ओखरमा अन्य नट्सभन्दा धेरै एन्टीअक्सीडेन्टहरू हुन्छन् । ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन र आइरन प्रशस्त मात्रामा पाइन्छ ।

साथै, ओखरको छालामा भिटामिन ई, मेलाटोनिन, र प्रचुर मात्रामा पोलीफेनल्स पाइन्छ । धेरै अध्ययनहरूका अनुसार, ओखरको सेवनले धमनीहरूको अवरोध रोक्नुका साथै, खराब कोलेस्ट्रोलबाट हुने क्षतिलाई रोक्न सक्छ । एन्टीअक्सिडेन्टले धनी ओखरमा एन्टी–एजिङ्ग र एन्टी–क्यान्सर गुण पनि छन् । ओमेगा थ्री फ्याट्टी एसिडले हृदयलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

ओखरमा रहेको पोलीफेनल्सले अक्सिडेटिभ स्ट्रेस र इन्फ्लामेसनविरूद्ध लड्ने हुँदा मधुमेह, अल्जाइमरको जोखिम कम गर्ने, तनाव व्यवस्थापन गर्न, मुड सुधार गर्न, हड्डी र दाँतलाई बलियो र स्वस्थ बनाउन, कपाललाई बलियो र लामो बनाउन मद्दत गर्छ । त्यस्तै, यसको सेवनले पेटमा हुने राम्रो जिवाणु बढाउन मद्दत गर्ने हुँदा यसले पाचनलाई बढावा दिएर पेटलाई स्वास्थ्य राख्छ ।



,

0 comments

Write Down Your Responses