Powered by Blogger.
प्रहरीलाई आर्थिक प्रलाेभनमा पार्न खोज्दा चालक फन्दामा


सिन्धुली,१४ जेठ– बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–६  ट्राफिक प्रहरी चेक पोष्टमा सुरक्षा चेकजाँचमा रहेकाे प्रहरीलाई आर्थिक प्रलाेभनमा पार्न खाेज्ने सवारी चालक आफै फन्दामा परेका छन ।

बीपी राजमार्ग हुदै हेटौडाबाट रामेछाप तर्फ जाँदै गरेको ना ६ ख ३०२२ नम्बरको ट्रक चालक नबलपरासी जिल्ला बर्दघाट नगरपालिका–१६ का ३६ बर्षिय सुरेशकुमार बिकले प्रहरीलाई आर्थिक प्रलाेभनमा पार्न खोजेपछि चालक बिक र निजले चलाएको ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका अपनुसार उक्त ट्रक बीपी राजमार्गमा सञ्चालनका लागि मापदण्ड बिपरित भएकोले प्रहरीले राेकेपछि छाडिदिनु पर्याे भनी रुट पर्मिट बुक भित्र एक हजार रुपैयाँको नोट राखी डिउटीमा खटिएका प्रहरी जवानलाई आर्थिक प्रलाेभनमा पार्न खोजेकाले नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ । 

नियन्त्रणमा लिइएको चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिए । 


,

0 comments

Write Down Your Responses