Powered by Blogger.
कमलामाई नगरपालिकाद्वारा कोरोना विरुद्धको खोप किन्न स्वीकृति माग


सिन्धुली, १४ जेठ । कमलामाई नगरपालिकाले केन्द्र सरकारसँग कोरोना विरुद्धको खोप किनन्  स्वीकृति माग गरेकाे छ ।

नगरबासीलाई खोप लगाउनका लागि नगरपालिकाले स्वीकृति मागेको हो ।
संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय पुगेर नगर प्रमुख खड्गबहादुर खत्रीले खोप खरिदका लागि स्वीकृति मागेका हुन् ।
सरकारले पर्याप्त खोप उपलव्ध गराउन नसक्दा जोखिम बढेको भन्दै मेयर खत्रीले स्वीकृति दिएमा नगरपालिकाले नै खोप खरिद गर्ने बताए ।



नेपालमा निजी क्षेत्रले समेत बिक्रीका लागि खोप नल्याएको अवस्था छ । तर, नगर प्रमुख खत्रीले भने सरकारले स्वीकृति दिएमा विदेशबाट नै भए पनि खोप ल्याएर नगरबासीलाई खोप लगाउने बताए ।
अहिले २ करोडसम्मको खोप खरिदका लागि आफूहरु तयार रहेको उनको भनाइ छ ।
नगरबासीलाई सुरक्षित बनाउनका लागि खोप अनिवार्य भएकाले आफूले तत्परता देखाएको र केन्द्र सरकारले स्वीकृति दिएमा प्रक्रिया थालनी गरिने उनको भनाइ थियो ।


, ,

0 comments

Write Down Your Responses