Powered by Blogger.
नेविसंघ सिन्धुलीद्वारा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान


सिन्धुली, १६ जेठ । नेपाली काँग्रेस निकट  नेपाल विद्यार्थी संघ सिन्धुलीले आईतबार  सिन्धुली अस्पताललाई  स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

नेवि संघ सिन्धुलीले ‘स्वास्थ्य संस्थासँग नेवि संघ’ अभियान अन्तर्गत स्वास्थ्य सामग्री र पुस्तक सिन्धुली अस्पताललाई सहयोग गरेको हो। 


नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बरालको उपस्थितिमा २ हजार थान मास्क ,१ सय थान साबुन ,५५ लिटर स्यानिटाइजर तथा ८० थान इतिहास र साहित्यका किताब  सहयोग गरिएको नेवि संघ सिन्धुलीका सभापति उत्पल खडकाले जानकारी दिए।

त्यसै गरी, सिन्धुली अस्पताल सँगै रहेको ब्लड बैङ्कलाई ३ सय थान मास्क,१० लिटर स्यानिटाइजर,२ काटुन् फ्रुटी,३६ थान साबुन हस्तान्तरण गरिएको नेवि संघ सिन्धुलीले जनाएकाे छ । काेराेना संक्रमणबाट नागरिकहरूलाई बचाउन आफुहरूकाे सहयाेग तथा सचेतनाकाे अभियान निरन्तर जारी रहने सभापति खड्काले बताए । 



, ,

0 comments

Write Down Your Responses