Powered by Blogger.
सिन्धुलीमा थप सात दिन निषेधाज्ञा थपियाे


सिन्धुली, १७ जेठ । सिन्धुलीमा अझै सात दिन निषेधाज्ञा थप गर्ने निर्णय भएकाे । साेमबार प्रमुख जिल्ला अधिकारी सुरेश न्याैपानेकाे अध्यक्षतामा गठित काेभिड राेकथाम, नियन्त्रण तथा उपचारलाई प्रभाबकारी रूपमा सञ्चालन गर्न गठित समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे । 

बैठकले मंगलबार राती १२ बजेदेखी लागू हुने गरि आगामी जेठ २५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेकाे प्रमुख जिल्ला अधिकारी सुरेश न्याैपानेले जानकारी दिए । 

यश अघि गरिएकाे निषेधाज्ञा मंगलबार राती १२ बजे सकिदै छ । पछिल्लाे समय जिल्लामा काेभिड संक्रमितकाे संख्या १हजार तीन सय नाघिसकेकाे छ भने  मृतककाे संख्या २२ पुगिसकेकाे छ ।  


, ,

0 comments

Write Down Your Responses