Powered by Blogger.
फिक्कलमा काेराेना संक्रमित एक बृद्वाकाे मृत्यू


सिन्धुली, १७ जेठ । जिल्ला फिक्कल गाउँपालिकामा कोरोनाका कारण एक बृद्धाको ज्यान गएको छ । फिक्कल गाउँपालिका वडा नं. ४ खाङ्साङ सल्लेरीकी ७२ वर्षिय बृद्धाको सोमबार बिहान मृत्यु भएको जनाईएकाे छ ।

फिक्कल गाउँपालिकाले सञ्चालन गरेकाे आइसोलेशनमा अहिले २ जना कोरोना संक्रमितहरु उपचाररत रहेकाे स्वास्थ्य शाखा संयाेजक  लेखनाथ फुयालले जानकारी दिए । एकजनाको अवस्था सामान्य रहेको र अर्काेलाई रिफरको तयारी भैरहेको स्वास्थ्य संयोजक फुयाँलले बताए । फिक्कल गाउँपालिकामा अक्सिजन सहितको १० बेडको आइसोलेशन रहेको छ । याे सँगै जिल्ला मृतककाे संख्या २३ पुगेकाे छ । 


, ,

0 comments

Write Down Your Responses