Powered by Blogger.
फिक्कलमा अक्सिजन सहितकाे आईसाेलेसन


सिन्धुली, ५ जेठ । सिन्धुलीकाे फिक्कल गाउँपालिकाले पहिलो पटक अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा ल्याएकाे छ । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि गाउपालिकाले  फिक्कल-४ स्थित सुनकोशी माविमा अक्सिजन सहित १० वेडको आईसुलेशन संचालनमा ल्याईएको हो ।

फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीका अनुसार दोश्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण बढेसँगै गाउँपालिकाले निषेधाज्ञा गरेको र उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । अध्यक्ष कार्कीले सम्पुर्ण पालिकावासीलाई स्वास्थ्य मापदण्ड अपनाएर उच्च मनोबलकासाथ बस्न समेत अग्रह गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार फिक्कलले आफ्नै प्रयासमा अक्सिजन र नर्सिङ सेवा सहितको आइसोलेसन बेड सञ्चालनमा ल्याएको हो । कोरोना पोजेटिभ देखिएर घरमा बस्न समस्याहुने नागरिकलाई यस आईसोलेसनमा राखिने समेत जनाईएको छ ।

दोस्रो लहरको कोरोना संक्रमित बिरामी बढेसँगै फिक्कल गाउँपालिकाको वडा नम्बर ४ खाङसाङमा रहेको सुनकोशी माध्यमिक विद्यालयमा अक्सिजनसहितको १० वटा आईसोलेसन बेड तयार गरिएको प्रवक्ता राजु बरालले जानकारी दिएका छन् । सहर तथा सदरमुकाममा भन्दा ग्रामिण क्षेत्रमा सक्रमणकाे दर बढेसँगै परिक्षण तथा तयारीलाई बढाउन जरूरी देखिएकाे छ । गाउँपालिकाकाे उक्त कार्यले स्थानीयहरू खुसी देखिएका छन । 



, ,

0 comments

Write Down Your Responses