Powered by Blogger.
काेराेना सङ्क्रमितलाई थप उपचारका लागि हेली मार्फत काठमाण्डाैँ लगियाे

 


सिन्धुली । कोरोना सङ्क्रमित एक बिरामीलाई सिन्धुलीबाट हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।


कोभिड अस्पताल सिन्धुलीमा उपचारत  रौतहट चन्द्रनिगाहापुर निवासी ६० वर्षीय शुकदेव पौडेल लाई बुधवार सिन्धुलीबाट हेलिकप्टरमा काठमाडौँ लगिएको हो ।

कोरोना सङ्क्रमित पौडेल गत वैशाख २५ गते देखि सिन्धुली कोभिड अस्पतालमा उपचारत रहेका थिए । ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरेर  भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


स्वास्थ्यमा क्रमिक सुधार आए पनि परिवार आग्रहमा आइसियु बेड खोजी गरेको हुनाले काठमाडौँ को नेपाल मेडिसीटी हस्पिटल रिफर गरिएको सिन्धुली कोभिड अस्पताल कि नर्सिङ इन्चार्ज लक्ष्मी खडकाले जानकारी दिइन ।

जिल्लाबाट कोरोना सङ्क्रमित बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको यो पहिलो घटना  हो ।


,

0 comments

Write Down Your Responses