Powered by Blogger.
सिन्धुलीमा थप एक संक्रमितकाे मृत्यू

 


सिन्धुली ५, जेठ । कोरोना भाइरसको नयाँ भेरियन्ट बाट आज पनि सिन्धुलीमा एक पुरुषको मृत्यु भएको छ।

मरिण गाउँपालिका वडा न ४ निवासी बर्ष ४५ वर्षीय रतन माझीको उपचारको क्रममा कमलामाई नगरपालिका वडा न ६ शिव नगर स्थित सिन्धुली कोभिड अस्पतालमा बुधवार साँझ मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटाले  जानकारी दिए ।

डा. देवकोटा का अनुसार सङ्क्रमित लाई  श्वास प्रश्वासमा समस्या आएपछि उपचार को लागि साेमवार कोभिड अस्पताल भर्ना गरिएको थियो ।  शरीरमा अक्सिजनको  मात्रा २० प्रतिशत रहेकाले अक्सिजनको कमी ले उनको मृत्यु भएको हो ।

सिन्धुलीमा काेराेना भाइरस संक्रमणकाे दाेस्राे लहर बाट ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ ।


,

0 comments

Write Down Your Responses