Powered by Blogger.
युवाहरूद्दारा कैदिबन्दीलाई स्वास्थ्य सामाग्री प्रदान

 


सिन्धुली ५, जेठ । सिन्धुलीका स्थानीय युवाहरुको एक समुहले सिन्धुली स्थित जिल्ला कारागारमा रहेका कैदिवन्दीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । 

कोरोनाको कहरमा कारागारमा रहेका कैदिहरुलाई पनि संक्रमण हुनसक्ने संभावनाको कारण सहयोग गरिएको समुहका कमल पोखरेलले बताए ।


जिल्लाका स्थानीय युवाहरुवाट संकलित रकमलाई आवश्यकता अनुसार विभिन्न स्थानमा सहयोग वितरण गर्दै आएको पोखरेलले जानकारी दिए । मानव रक्षार्थ सहयोगको अभियान लिई स्वेच्छिक रुपमा सहयोग संकलन गर्दै आएको र यसको पहिलो प्रयास स्वरुप हिजो सिन्धुलीको शिवनगर स्थित आइसोलेसन भवनको लागि नगद २४ हजारको रेफ्रिजेरेटन वितरण गरिएको अर्का यूवा दिपेन्द्र वस्नेतले जानकारी दिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रलाद पोखरेलबाट स्वाव संकलनको लागि रेफ्रिजेरेटर अभाव रहेको जानकारी आएकोले जम्मा रकमबाट सहयोग गरिएको वस्नेतको भनाई थियो । 

त्यस्तै आज कारागारका कैदिवन्दीहरुका लागि हस्तान्तरण गरिएको सामाग्रीहरुमा १०० पिस सानो र २ पिस ठुलो स्यानीटाइजर, २० प्याकेट मास्क र ८० पिस हात धुने सावुन रहेको छ । 



,

0 comments

Write Down Your Responses