Powered by Blogger.
विपी राजमार्गमा पहिरो खस्याे


सिन्धुली २३ जेठ । बिपी राजमार्ग स्थित  सिन्धुलीमाढीकाे कमलामाई नगरपालिकन -११ बुका पुल नजिक आईतबार पहिरो खस्दा केहि समयकालागि विपी राजमार्ग अवरुद्ध भएकाे छ । पुल नजिकको डाँडाबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए । पहिरोका कारण कुनै पनि मानविय क्षति भने नभएको प्रवक्ता लामाले बताए ।

ठूला ढुंगा तथा माटोको ढिस्को झर्दा विपी राजमार्ग केहि समयकालागि अवरुद्ध भएको थियो । विपी राजमार्गमा पहिरोको ढिस्कोले बाटो अवरुद्ध भएपनि केहि समयभित्रै व्यवस्थापन गरिएको प्रवक्ता लामाले बताए । सिन्धुली लगायत देशभर केहि दिनयता नियमित जसो पानी परिरहेको छ । पानी परेका कारण पनि पहिरो गएको स्थानिय रेशम कुँवरले बताए । त्यसैगरि, उक्त सडक खण्डमा पानी नपर्दा पनि ठूलाठूला ढुंगा झरिरहने हुँदा यात्रु तथा चालकलाई सावधानि अपनाउन उनले आग्रह गरे ।


,

0 comments

Write Down Your Responses