Powered by Blogger.
बिधुतीय समस्याले बर्षेनी कराेडाैंकाे बिधुतीय सामाग्रीकाे क्षती


सिन्धुली, २३ जेठ । सिन्धुलीमाढीमा पछिल्लाे समय बिधुतीय समस्या(आउने/जाने) कारण बर्षेनी कराेडाैंका बिधुतीय सामाग्रीहरूमा क्षती पुग्ने गरेकाे छ । 

बिधुत छिन छिनमा आउने जाने समस्याले गर्दा सिन्धुलीका हाेटल तथा पसलहरूमा प्रयाेग फ्रिज, घरमा प्रयाेग गरिएका बिधुतीय सामाग्रीहरू माेटर, टिभि, कम्प्यूटर, ल्यापटप, माेवाईल लगायतका सामाग्रीहरू क्षति हुने गरेकाे हाे । 

लाेडसेडिङकाे निश्चित समय तालिका नहुँदा र दैनिक दर्जनाै पटक बिधुत आउने जाने समस्या हुँदा व्यापार ब्यवसायी आम नागरिक उपभाेक्ताहरूले प्रयाेग गर्ने बिधुतीय सामाग्रीमा क्षती पुग्ने गरेकाे उधाेग बाणिज्य संघ सिन्धुलीका बरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए । उनले भने, ` बिधुत प्राधिकरणकाे लापरबाहिका कारण उपभाेक्ताहरू घाटा ब्यहाेर्न बाध्य छन, एकातिर लकडाउनका कारण समस्या छ अर्कातिर हाेटल, पसल र घरमा भएका बिधुतीय सामाग्रीहरू पनि दिनदिनै प्रयाेग बिहिन बनिरहेका छन ।´ उपभाेक्ताहरू जताबाट पनि घाटा ब्यहाेर्न बाध्य हुनुपरेकाे उनले गुनासाे गरे । 

उता बिधुत प्राधिकरण सिन्धुलीले भने आफुहरूकाे कुनै दाेष नरहेकाे र सिस्टममा नै समस्या रहेकाे बताउँदै आएकाे छ । बिधुत प्राधिकरण सिन्धुली शाखाका प्रमुख सुनिल महताेले खासै ठुलाे समस्याकाे रूपमा बिधुत नगए पनि माैसम आएकाे समस्या र मर्मतका कारण कहिले काहीँ समस्या पर्ने गरेकाे बताए । 

उपभाेक्ताहरू भने छिनछिनमा बिधुत आउने जाने समस्याले आफुहरू हैरान भएकाे बताउँदै आएका छन । अझ पुराना ट्रान्समिटर  र ट्रान्समिटरकाे क्षमता भन्दा बढी प्रयाेगकर्ता हुँदा पनि समस्या भाेग्नु परेकाे उपभाेक्ताहरूले गुनासाे गर्दै आईरहेका छन । 



, ,

0 comments

Write Down Your Responses