Powered by Blogger.
आविस्कार ईनर्जीद्वारा कमलामाई नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग


सिन्धुली ३ साउन । आविष्कार ईनर्जी प्रा.लिका महाप्रवन्धक तथा बिएसपी नेपाल काठमाडौँका प्रतिनिधिहरूले आज कमलामाई नगरपालिका सिन्धुलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ । 


उक्त संस्थाले नगर प्रमुख खड्ग बहादुर खत्रीलाई १५० थान पि.पि.ई सेट हस्तान्तरण गरेकाे हाे ।  ५० थान डिस्पाेजेवल पि.पि.ई सेट र १०० थान वासेबल पि.पि.ई सेट प्रदान गरिएकाे संस्थाका प्रतिनिधीले जनाएका छन ।

कार्यक्रममा उधाेग वाणिज्य संघ, महाेत्तरीका उपाध्यक्ष विजय कुमार महताे, नेपाल रेडक्रस साेसाईटी वर्दिवासका सभापति मुकुन्द प्रसाद पौडेल, हाेटल तथा पर्यटन व्यवसायी संघ महाेत्तरीका अध्यक्ष सुदिप कार्की, सर्जिकल एसाेसिएशनका प्रतिनिधि नवराज तिम्लसीना र नगर पत्रकार संजाल, बर्दिवासका अध्यक्ष विक्रम राेनियार लगायतकाे उपस्थिति रहेकाे थियाे । 

स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख खत्रीले मानवीय भावना राखेर काेभिड बिरूद्व लड्न सहयाेग गर्ने संस्थालाई धन्यवाद ब्यक्त गरे । 


,

0 comments

Write Down Your Responses