Powered by Blogger.
बाढीले सिन्धुलीमा वनाउदै गरेको पुल भत्कायो

 


सिन्धुली ५ साउन ।  लगातारको वर्षाका कारण चँदाहा खोलामा आएको बाढीले सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ र २ जोड्ने निर्माणाधीन झोलुंगे पुल भत्काएको छ  ।

वडाध्यक्ष गोविन्द राउतका अनुसार चँदाहाखोलाको बाढीले निर्माणाधिन झोलुंगे पुलको एकातर्फको पहुँचमार्ग र पिल्लरहरु भत्काएको छ । पुल अड्याउन बनाएको खम्बाहरु बाढीले ढालेको र लठ्ठामा क्षति पुगेको राउतले बताए ।

चँदाहामा आएको बाढीले तीनपाटन फाँटको खेतसमेत कटान गरेको र सिक्रेको बस्तीसमेत जोखिममा परेको छ ।



,

0 comments

Write Down Your Responses