Powered by Blogger.
बालिका बलात्कार आराेपमा दुई प्रक्राउ



सिन्धुली ४ असार । जिल्लाकाे सुनकाेशी गाउँपालिका-२ र मरिण गाउँपालिका-७ बाट बालिका बलात्कार अभियाेगमा दुई ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकाे छ । 

१४ बर्षिय बालिकालाई बलात्कार गरेकाे आराेपमा सुनकाेशी गाउँपालिका-२ का अन्दाजी ७० बर्षिय बृद्दलाई पक्राउ गरिएकाे र त्यस्तै १६ बर्षिय बालिकालाई बलत्कार गर्न खाेजेकाे आराेपमा मरिण गाउँपालिका-७ का ३२ बर्षिय दिपेन्द्र बिकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए । 

पिडित परिवारले दिएको जाहेरीको आधारमा दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

वृद्धलाई जबरजस्तीकरणी र बिकलाई जबरजस्ती करणी उधाेग सम्बन्धी सिन्धुली जिल्ला अदालतमा मुद्दा दर्ता गरि आवश्यक थप अनुसन्धान भईरहेको नायब उपरिक्षक लामाले जानकारी दिए। प्रहरीले दिएकाे जानकारीमा सुनकाेशी गाउँपालिका-२ का ७० बर्षिय बृद्दकाे भने नाम खुलाईएकाे छैन ।


, , ,

0 comments

Write Down Your Responses