Powered by Blogger.
बैदेशिक राेजगारीबाट फर्केर कृषि ब्यबसायमा पुलामी दाजुभाई



सिन्धुली १८ साउन । झण्डै १५ बर्ष बैदेशिक राेजगारीकाे शिलशिलामा खाडि मुलुकमा पसिना बगाएर स्वदेश फर्किएका सिन्धुली कमलामाई नगरपालिका-१ डाडीगुरासेका हेम पुलामी र सुदिप पुलामी साथै नेपाली सेनाबाट अबकास प्राप्त सराेज पुलामी यतिबेला स्वदेशमै कृषि मार्फत आयआर्जन गर्ने उदेश्यले ब्रर्दश एग्राे फर्म सञ्चालन गरिरहेका छन । उनिहरूले आफ्नै गाउँ डाडिगुरासेमा उन्नत जातका बाख्रा तथा लाेकल कुखुरा पाल्न सुरू गरेका हुन । 



करिब १ कराेड लगानीमा बाेयर जातका बाख्रा १२० भन्दा माथि र लाेकल कुखुरा करिब ८ सय पाल्न सुरू गरिएकाे हेम पुलामी बताउछन । 

आफ्नै ३ बिगाहा जग्गामा फैलिएकाे उनिहरूकाे फर्म आधुनिक र ब्यवस्थित पनि छ । १ बर्ष अगाडि देखि सुरू गरिएकाे उनिहरूकाे कृर्षि फर्मले बार्षिक २० लाख आम्दानी गर्दै आएकाे फर्मका सञ्चालक पुलामीले बताए । 

पैसा कमाउन बिदेशिनु पर्ने अबस्था छैन स्वदेशमै कमाउन सकिन्छ भन्ने सन्देश पुलामी दाजुभाईहरूले दिइरहेका छन । हेम पुलामीले भने, अर्काकाे देशमा पसिना धेरै बगाईयाे तर अब आफ्दै देश र गाउँमा केही गरेर युवाहरूलाई गाउँमै ब्यवसाय गरेर पनि जीवन खुसी र सुखी बनाउन सकिन्छ भन्ने सिकाउछाैं ।, 



आफ्नै लगानीमा कृर्षि फर्म सुरू गरेर उनिहरूलाई अहिले सम्म राज्यले अनुदान भने दिएकाे छैन । पुलामी भन्छन, कृषिमा अनुदान हामीजस्तालाई हाेईन रैछ, नेता र नेता वरिपरिका झाेलामा फर्म बाेक्नेहरूका लागि मात्र हाे ।,

राज्यले युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्राेत्साहन गर्नु पर्ने उनकाे भनाई छ ।





, , ,

0 comments

Write Down Your Responses