Powered by Blogger.
अध्यादेशकाे बिराेधमा सिन्धुलीमा पनि प्रदर्शन



सिन्धुली १ भदाै । गठबन्धन सरकारले ल्याएकाे दल बिभाजन सम्बन्धी अध्यादेशकाे बिराेधमा राष्ट्रिय युवा संघ नेपालले आज देशैभर जन प्रदर्शन गरेकाे छ । 

देशब्यापी बिराेध कार्यक्रम अन्तरर्गत राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले पनि मङलबार साझ प्रदर्शन तथा मशाल जुलुस गरेकाे छ । माढीबजार स्थित ढुग्रेबास चाेकमा जम्मा भएर युवाहरूले प्रदर्शन तथा काेणसभा गरेका छन । 


परमादेशबाट बनेकाे अपबित्र गठबन्धनकाे दलाल कठपुतली सरकारले संसद अधिवेशनकाे अन्त्य गर्दै दल बिभाजन सम्बन्धी अध्यादेश ल्यायर लाेकतन्त्रलाई नै समाप्त गर्न खाेजेकाे आराेप लगाउँदै युवा संघ बिराेधमा उत्रीएकाे हाे । 

सर्बाेच्चकाे आदेश मार्फत देउवा प्रधानमन्त्री नियुक्त भएदेखीनै सडक संघर्षमा उत्रीएकाे युवा संघले जनबिराेधी सरकारका हर्कत बिरूद्व निरन्तर सडकबाट खबरदारी गरिरहने बताउदै आन्दाेलनमा रहेकाे छ । 


आजकाे प्रदर्शनकाे क्रममा काठमाण्डाैकाे बानेश्वर स्थित युवा संघ नेपालकाे कार्यालय भित्रै पसेर प्रहरीले लाठि चार्ज समेत गरेकाे छ । प्रहरीकाे लाठि चार्जबाट राष्ट्रिय युवा संघ नेपालका  उपाध्यक्ष तथा युथ फाेर्सका सह-संयाेजक पुष्प श्रेष्ठ सहित १ दर्जन नेता कार्यकर्ता घाईते भएका छन ।

देउवा नेतृत्वकाे सरकारले २०% संसद वा केन्द्रीय सदस्यले राजनैतिक पार्टी बिभाजन गर्न पाउने गरि मङलबार मन्त्रीपरिषदबाट अध्यादेश पारित गरेकाे छ । 



, ,

0 comments

Write Down Your Responses