Powered by Blogger.
सुज अभियान उदघाटनका लागी बाबुराम र उपेन्द्र सिन्धुली आउदै


सिन्धुली, २७ भाद्र । जनता समाजवादी पार्टी नेपालले अगाडि सारेको तीन महिने पार्टी बिस्तार तथा सुदृढीकरण (सुज) अभियानकाे उदघाटनका लागी पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेता उपेन्द्र यादव मङलबार सिन्धुली आउने जनाईएकाे छ । 

जनता समाजवादी पार्टीले भाद्रदेखि संगठन सुदृढीकरण तथा जनजागरण अभियान देशभर सञ्चालन गरिरहेको छ । उक्त अभियानको सिलसिलामा सो पार्टीका केन्द्रीय नेताहरू देश दौडाहामा छन् । 

सोही क्रममा जसपा, नेपाल सिन्धुली जिल्ला समन्वय समितिको आयोजनामा मङलबार सिन्धुली सदरमुकाममा अभियानको उद्घघाटन गर्न पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टी केन्द्रीय समिति अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आउने कार्यक्रम रहेकाे जनता समाजवादी नेपाल सिन्धुलीले जनाएकाे छ । कार्यक्रममा जिल्ला भरिका नेता कार्यकर्ता तथा शुभचिन्तकहरू सहभागी हुनेछन ।


, ,

0 comments

Write Down Your Responses