Powered by Blogger.
नेकपा(एमाले)सुनकाेशी गाउँपालिकामा सर्वसम्बत नेतृत्व चयन



सिन्धुली, ९ कात्तिक । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गराैं, जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार निर्माण गराैं भन्ने मुल नाराका साथ ७५३ स्थानीय तहमा एकैसाथ नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएकाे प्रथम सुनकाेशी गाउँपालिका अधिवेशन सर्वसम्बत नेतृत्व चयन गर्दै मङलबार साझ सम्पन्न भएकाे छ । 

अधिवेशनले अशाेकराज गिरीकाे अध्यक्षतामा उपाध्यक्ष ज्ञानध्वज लामा, सचिब राजन रायमाझी, उप-सचिबमा हेमा अधिकारी र शालिकराम थापा रहेकाे ७५ सदस्यीय सुनकाेशी गाउँपालिका कमिटी सर्वसम्बत चयन गरेकाे छ । 

अधिवेशनले अध्यक्ष अशाेकराज गिरीले प्रस्तुत गर्नुभएकाे राजनैतिक तथा संगठनात्मक प्रस्ताबलाई पारित गरेकाे छ । साथै बद्रिनाथ दाहालकाे अध्यक्षतामा सल्लाहकार समिति समेत गठन गरेकाे छ ।


,

0 comments

Write Down Your Responses