Powered by Blogger.
अधिवेशन निर्वाचनकाे तयारी हाे - थापा



सिन्धुली, ९ कार्तिक । नेकपा(एमाले) केन्द्रीय सदस्य मनाेजजंग थापाले सम्पुर्ण पार्टी कमिटीलाई निर्वाचनकाे तयारीमा जुट्न आग्रह गरेका छन । 

मङलबार सुनकाेशी-५ मुलकाेटमा भएकाे सुनकाेशी गाउँपालिकाकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै नेता थापाले देश निर्वाचन तर्फ अगाडि बढेकाे बताउँदै सबै कार्यकर्ताहरूलाई निर्वाचनकाे तयारीमा लाग्न आग्रह गरे । 

उनले भने, `देश निर्वाचन तर्फ जादैछ, हाम्रा वडा तथा नगर र गाउँपालिकाका अधिवेशन निर्वाचनकाे तयारी पनि हाे ।´

नेता थापाले एमालेकाे बिधान अधिवेशनले राजनैतिक बैचारिक दिशा स्पष्ट गरेकाे बताउँदै सुखी नेपाली र सबृद्व नेपाल निर्माण गर्दै समाजवादकाे बाटाे तर्फ देश अगाडि बढ्ने बताए । 

सुखी नेपाली र सबृद्व नेपाल निर्माण मार्फत समाजबादमा पुग्ने संकल्प सहित एकताबद्व बनेकाे कम्युनिष्ट पार्टी नेकपाकै निरन्तरताकाे रूपमा नेकपा(एमाले) रहेकाे बताउँदै समाजबाद र सबृद्वि बिराेधी अबसरवादी शक्तिहरू चाेइटिएर गएकाे बताए । 

अध्यक्ष राेमनराज गिरीकाे अध्यक्षतामा भएकाे अधिवेशलाई बागमति प्रदेश कमिटी सदस्यहरू कमल दाहाल, उद्वब काेईराला, बद्रिबहादुर दाहाल, काैशल काेईराला, रमेश कार्की गाउँपालिका इन्चार्ज रामकृष्ण श्रेष्ठ लगायतका नेताहरूले सम्बाेधन गरेका थिए । 


,

0 comments

Write Down Your Responses