Powered by Blogger.
गजल


हिजाे आज दुनियामा नयाँ चलन चलेकाे छ । 

अगेनुमा आगाे छैन ग्यासकाे चुलाे बलेकाे छ ।। 


जवान छाेराे खाडीमा छ, बाँझाे छ नी खेतबारी । 

बुहारीले गाउँ छाेडि, शहर बस्न थालेकाे छ ।।                                          

नानी बावु बाेडिङ जान्छन, गाउँकाे स्कुल रित्ताे भयाे ।

नेपालीलाई घृणा गर्दा, याे मन कति जलेकाे छ ।। 


लाउने खाने सबै बस्तु बिदेशबाट ल्याएकाे छ ।

फलफल, तरकारी, चामल सबै बाेरामा पाे फलेकाे छ ।।


बिकास हाे कि बिनास हाे याे, काेहि कसैलाई मतलब छैन ।

काम धन्दा सबै छाडि, फेसबुकमा पाे भुलेकाे छ ।। 


समाप्त ।


,

0 comments

Write Down Your Responses