Powered by Blogger.
बिप्लब निकट बिधार्थी संगठनद्वारा प्यावसन र एनप्याबसनलाई ज्ञापन-पत्र


सिन्धुली, २० असाेज । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज ज्ञापन पत्र बुझाएकाे छ । 

ज्ञापन-पत्र मार्फत उनिहरूले शिक्षामा भईरहेकाे निजिकरण, ब्यापारीकरण र माफियाकरणकाे बिराेध गर्दै निजि बिधालयहरूले काेभिड महामारीमा समेत अभिभावकहरूलाई ठग्ने काम गरेकाे आराेप लगाएका छन । 

अनलाईन क्लासमा सहभागी नहुने बिधार्थीहरूकाे पुर्ण शुल्क मिनाहा, क्लासमा सहभागी बिधार्थिकाे ५०% शुल्क मिनाहा र कुल बिधार्थीकाे १०% बिधार्थीहरूलाई पुर्ण छात्रबृत्ति दिनुपर्ने ब्यवस्थाकाे पुर्ण कार्यान्वयनकाे माग सहित पहिलाे चरणमा ज्ञापन-पत्र बुझाईएकाे संगठनका अध्यक्ष हाेमराज बसेलले बताए । 


प्रबिधीकाे पहुँच भन्दा बाहिर भएर अनलाईन क्लास लिन नसकेका बिधार्थीहरूबाट पनि शुल्क असुली गर्दै निजि बिधालय सञ्चालकहरूले मानवीयता समेत भुलेका कारण आफ्ना जायज मागहरूकाे वेवास्ता गरेमा अखिल(क्रान्तिकारी) थप संघर्षमा उत्रने बसेलले बताए । 

काेभिड-१९ का कारण भएकाे बन्दाबन्दीकाे समयमा निजि बिधालयहरूले अनलाई क्लास सञ्चालन गरेकाे भएपनि त्याे प्रभाव र पहुँचका हिसाबले खासै उपलब्धी मुलक बन्न सकेकाे अबस्था थिएन । तर बन्दाबन्दीकै मारमा परेका अभिभावकसँग भने निजि बिधालयहरूले पुरै शुल्क असुली गरेका थिए । 



, ,

0 comments

Write Down Your Responses