Powered by Blogger.
मुल्यबृद्वि बिरूद्व भाेलि नेपाल बन्द


सिन्धुली, २९ कार्तिक । नेत्रबिक्रम चन्द(बिप्लब) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले पेट्राेलियम पदार्थ तथा खाध्यानमा भएकाे मुल्यबृद्विकाे बिरूद्व भाेली नेपाल बन्दकाे आब्हान गरेकाे छ । 

शेर बहादुर देउवा नेतृत्वकाे सरकारले जनताकाे ढाड सेक्ने गरि अस्वभाविक रूपमा पेट्राेलियम पदार्थमा मुल्यबृद्वि गरेकाे बिराेधमा बिप्लब नेतृत्वकाे नेकपा देशब्यापी रूपमा चरणबद्व आन्दाेलनमा उत्रिएकाे हाे । पार्टीका महासचिब बिप्लबद्वारा जारी बिज्ञप्तीमा भाेलि नेपाल बन्दकाे आब्हान गरिएकाे छ । 


नेपाल बन्दकाे पुर्व सनध्यामा नेकपा सिन्धुलीले आज दिउसाे सिन्धुलीमाढीमा सिठ्ठि जुलुस तथा साझ मशाल जुलुस सम्पन्न गरेकाे छ । आफ्नाे पार्टी सधै जनता प्रति बफादार रहेकाले जनताकाे जिवनसँग जाेडिएकाे मुल्यवृद्वि बिरूद्वकाे आन्दाेलनमा भाेलिकाे नेपाल बन्दमा सम्पुर्ण पक्षले सहयाेग गरिदिन नेकपा नेता क.शसिले आब्हान गरेका छन । राज्यपक्षलाई समेत शान्तिपुर्ण आन्दाेलनमा दमनकाे हत्कन्ठा नअपनाउन र संयमित हुन आग्रह गरेका छन । 


जनताकाे प्रत्यक्ष जिवनसँग जाेडिएकाे बिषयलाई लिएर आन्दाेलनमा उत्रिएकाे बिप्लब नेकपाले पछिल्लाे समय जनसर्मथन समेत प्राप्त गर्दै गएकाे छ । 

भुमिगत र प्रतिबन्धित राजनैतिक बाटाेबाट खुल्ला राजनितिमा आएकाे बिप्लब नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे सवाललाई शान्तिपुर्ण रूपमा अगाडि बढाउँदै आफ्नाे जनसंगठनमा प्रभाव बढाउदै लगेकाे छ ।


, ,

0 comments

Write Down Your Responses